सीजीपेलाई राष्ट्र बैंकको अनुमति «

सीजीपेलाई राष्ट्र बैंकको अनुमति

 सीजी ग्रुपअन्तर्गतको सीजीपे नेपाललाई नेपाल राष्ट्र बैंकले, भुक्तानी सेवा प्रदायको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । सीजीपेबाट मोबाइल तथा वेब एप्लिकेसनको माध्यमबाट आफ्नो बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ ।
यस सीजीपे वालेट प्रयोग गरी विभिन्न मनी ट्रान्सफर गर्नेकार्य गर्न सकिन्छ साथै टेलिकमहरूको रिर्चाज, टिभी, इन्टरनेट बिल, स्कुल तथा कलेजको बिल, पानी, बत्तीको बिल, सिनेमाको टिकेट, बस टिकेट, प्लेन टिकेट (विदेशी तथा स्वदेशी) स्वदेशी मनी ट्रान्सफर गर्ने तथा गराउने, विभिन्न पसल तथा रेस्टुरेन्टको बिल पेमेन्ट तथाअन्य पेमेन्ट सीजीपेद्वारा गर्ने सकिन्छ ।
सीजीपे मोबाइल एप तथा वेब दुवै माध्यमबाट चल्ने तथा यसबाट ग्राहक(युजर)लाई सजिलो तथा समयको बचत हुनेछ । यो सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ । सीजीपेसँग आबद्ध भएका बैंकहरूका ग्राहकहरूले सहज रूपमा यो सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्