सिटिजन्सको अनलाइन खाता «

सिटिजन्सको अनलाइन खाता

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा ल्याएको छ । बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरूले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्ने भन्दै बैकले यो सुविधाको सुरुवातसँगै बैंकमा खाता खोल्न बैंक धाउनु पर्ने पारम्परिक परिस्थितिको न्यूनीकरण हुने विश्वास लिएको छ । यसबाट ग्राहकहरूले आफ्नो समयानुकूल बैंकको वेबसाइटबाट खाता खोल्न सक्ने जनाएको छ । नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्बा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्