पोखराका होटलको अकुपेन्सिी ९० प्रतिशत «

पोखराका होटलको अकुपेन्सिी ९० प्रतिशत

पोखरा– पोखराका पर्यटकीय स्तरीय होटलमा यतिबेला करिब ९० प्रतिशत होटल अकुपेन्सी छ । अग्रेंजी नयाँ वर्षको अवसरमा सोमबार दिउँसोसम्म पोखरा क्षेत्रका होटलको करिब ९० प्रतिशत जसो अकुपेन्सी रहेको पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए ।
पोखरामा जारी पोखरा सडक महोत्सवको अवसरमा सोमबार साँझ र बेलुका गरी करिब शतप्रतिशत होटलको अकुपेन्सी फुल हुने भएको निवर्तमान अध्यक्ष पराजुलीले विश्वास लिएका छन् । उनले भने, “पोखराको लेकसाइड क्षेत्रमा बर्ष दिनको सबैभन्दा बढी आन्तरिक पर्यटकहरूको आगमन हुने दिन हो, यस दिनमा पोखरामा एकै रातमा करिब २५ हजार पर्यटकहरू लेकसाइडका पर्यटकीय स्तरीय होटलमा बस्ने गर्छन् । ” एकाद केही व्यवसायीहरूले व्यवसायीले महोत्सवको अवसरमा केही मूल्यवृद्धि गर्नु गलत प्रवृत्ति भएको दाबी गरे । होटल पिस प्लाजाका सञ्चालकसमेत रहेका पराजुलीले आफ्नो होटलमा सोमबार दिउँसोसम्म ८० प्रतिशत अकुपेन्सी रहेको जनाए । उनको होटलमा १ हजार ५ सयदेखि माथिका रुमहरू रहेका छन् ।

त्यसैगरी पोखराको हाल सञ्चालनमा रहेको एक मात्र पाँचतारे होटल पोखरा ग्राण्डमा पनि केही दिनदेखि अकुपेन्सी फूल छ । १ सय ४० रुम रहेको उक्त होटलमा जनवरी फस्ट मंगलबारसम्म अकुपेन्सी फुल रहेको फन्ट अपिसर सम्झना गुरुङले बताइन् । जनवरी २ देखि होटल अकुपेन्सी घट्दो रूपमा रहने उनले जनाइन् । उक्त होटलमा हाल प्रतिबेड १० हजारदेखि डबल बेडको शुल्क १७ हजार पर्छ । अन्य सिजनमा उक्त होटलमा ६ हजारदेखि बेड पाउन सकिन्छ ।
त्यसैगरी होटल क्विन्स पार्कमा पनि यति बेला होटल अकुपेन्सी फुल छ । ४० रुम रहेको उक्त होटलको प्रतिरुमको ३ हजार ५ सयदेखि ५ हजारसम्म मूल्य रहेको होटल सञ्चालक सुरेस केसीले बताए । उनले भने, “हामीले कुनै नयाँ वर्ष र महोत्सवको अवसर भनेर मूल्यवृद्धि गर्दैनौं, हामीले दिगो रूपमा व्यवसाय गर्नुछ, त्यसो गर्दा त्यसको असर धेरै वर्षसम्म हामी सवैलाई पर्छ ।” होटल टाइम्सका प्रवन्ध निर्देशक दयाराम उपाध्यायका अनुसार अंग्रेजी नयाँ बर्षको अवसरमा होटलको अकुपेन्सी फुल छ । १ हजार ५ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म रहेको उक्त होटलमा १७ रुम छन् ।
पोखरामा तेस्रो मुलुकका पर्यटकको होटल अकुपेन्सीकरिब १५ प्रतिशतजसो रहेको संघका अध्यक्ष विकल तुलाचनले जनाए । केही नेपाली पर्यटकहरूले डिसेम्बरको अन्तिम दिनमैै बुकिङ लिने गरेको उनले जनाए । पोखरा क्षेत्रमा हाल करिब पयर्यटक स्तरिय ४ सय होटल संघमा दर्ता भएका छन् भने एक सयको हाराहारीमा दर्ता बाहिर छन् । १० हजार रुम रहेको पोखरामा २० हजार बेड रहेको उनले बताए । पोखरा क्षेत्रका होटलमा करिब एक खर्ब लगानी भएको व्यवसायीको दाबी छ । अग्रेंजी नयाँ वर्षको अवसरमा पोखरामा जारी सडक महोत्सवको अवसरमा आगन्तुक पाहुनाहरूलाई रेस्टुराँको विभन्नि खानामा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले बताए ।
रेवान पोखराका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेलले सडक महोत्सवको अवसरमा होटलको रुममा ५० प्रतिशतसम्म मूल्यवृद्धि हुने बताएका थिए । यसको प्रभावले एकातर्फ केही व्यवसायीलाई मार परेको छ । पोखराका केही होटल तथा रेस्टुराँहरूमा अंग्रेजी नयाँ वर्ष र सडक महोत्सवको असरमा चर्को मूल्य अशुल्ने गरेको पर्यटकहरूले गुनासो गर्न थालेका छन् । लेकसाइडमा प्रतिप्लेट मःम २ सयदेखि ४ सयसम्म तिर्नु परेको व्यवसायीले गुनासो गरेका छन् । त्यसैगरी अन्य दिनमा एक हजारको होटलको रुमको यो अवसरमा भनेर ४/५ हजारसम्म अशुल्ने गरेको पर्यटकहरूले नै गुनासो गर्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्