३ मिनेट चार्जमा सय किमी गुडाउन सकिने विद्युतीय गाडी «

३ मिनेट चार्जमा सय किमी गुडाउन सकिने विद्युतीय गाडी

पछिल्ला दिनमा इलेक्ट्रीक कारको निर्माण र बजारमा सार्वजनिक भएसँगै चार्जिङ स्टेशनहरुको संख्यामा पनि वृद्धि हुँदै गएको छ । तर अझैपनि तिव्र किसिमले इलेक्ट्रीक कार चार्ज गर्न चुनौति रहँदै आएको छ । तर अब भने नयाँ पुस्ताका इलेक्ट्रीक कारहरुको ब्याट्री अहिले पेट्रोल पम्पमा इन्धन भरेजस्तै समयमा चार्ज गर्न सकिने भएको छ ।
जर्मनीको बिएमडब्लू, पोर्स र सिमेन्सले संयुक्त रूपमा नयाँ प्रविधिको विकास गरेको बताएका छन्, जसले सुपर फास्ट चार्जिङलाई वास्तविकतामा बदल्ने छ । अघिल्लो महिना उनीहरुले ४ सय ५० किलोवाटको चार्जिङ स्टेशन सार्वजनिक गरे, जसले केबल तीन मिनेटको चार्जमा १ सय किलोमिटरसम्म इलेक्ट्रीक कार कुदाउन सकिन्छ । यो प्रविधिबाट इलेक्ट्रीक कारहरु केबल १५ मिनेटमा नै फुल चार्ज गर्न सकिने बताइएको छ ।
फाराडे इन्टिच्यूटका टेक्नोलोजी ट्रान्सफर प्रमुख इयान एलिङटनले भने, “यो प्रविधि अहिलेको उपलब्ध प्रविधि भन्दा केही भए पनि राम्रो छ, तर यसलाई प्रयोगमा लानुभन्दा अगाडि यसमा भएका मुख्य समस्याहरुलाई समाधान गर्न आवश्यक छ । ४ सय ५० किलोवाट टेस्लाको सुपरचार्जर (१ सय २० किलोवाट) भन्दा निकै छिटो हो र अहिलेको सबैतिर उपलब्ध ¥यापीड चार्जरहरु भन्दा १०औं गुणा उत्कृष्ट हो ।”
इलेक्ट्रीक कारहरुको सबैभन्दा प्रमुख समस्या भनेको अहिले बजारमा रहेको चार्ज गर्नका लागि निकै लामो समय लिनु हो । यसले यात्रा गर्ने अवधिलाई ढिलो बनाउँछ र जो घरमा चार्ज गर्न सक्दैनन् । ती इलेक्ट्रीक कार धनीहरुको लागि सबैभन्दा प्रमुख असुविधा हो । सार्वजनिक ४ सय ५० किलोवाट चार्जरलाई प्राक्टिकलमा प्रयोग गर्न अझै धेरै काम गर्नुपर्नेछ, जसमध्ये अहिले उपलब्ध इलेक्ट्रीक कारहरुको क्षमता वृद्धि पनि हो । हाल बजारमा उपलब्ध इलेक्ट्रीक कारहरुले यो क्षमताको चार्ज गर्न सक्दैनन् र तिनिहरुको ब्याट्री क्षमतालाई पनि विस्तार गर्नुपर्ने हुन्छ ।
त्यसैगरी सुपर फास्ट चार्जको लागि अर्को समस्या भनेको अधिक मात्रामा विद्युत् आवश्यक पर्नेछ । ४ सय ५० किलोवाटको २० वटा चार्जिङ स्टेशनले मात्रै ६ मेगावाटको पावर खपत गर्नेछ, जुन एउटा सहरले खपत गरे बराबर हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्