बीएमडब्लूले बनाउँदैछ सबैभन्दा महँगो एसयूभी «

बीएमडब्लूले बनाउँदैछ सबैभन्दा महँगो एसयूभी

जर्मन अटोमोबाइल कम्पनी बीएमडब्लू लामो समयदेखि फोरसिटर फ्लेगसिप एसयूभी ‘एक्स–८’ को बनाउनमा केन्द्रित भएको थियो । कम्पनीको निर्माणाधीन बहुप्रतिक्षित मोडल ‘एक्स–८’मा परिस्कृत प्रविधिका साथै आधुनिक इन्जिनियरिङको प्रयोग गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको फुल साइज एसयूभीलाई ‘जी–०९’ कोड नाम दिइएको छ ।
उक्त मोडललाई बीएमडब्लूको एक्स–७ भन्दा परिष्कृत मानिएको छ भने रोल्स–रोयस कुलिनानजस्तै उत्कृष्ट ठानिएको छ । एसयूभीमा मात्रै चारवटा आरामदायी सिट उपलब्ध हुनेछन् । बीएमडब्लूले यस फ्ल्यागगसिप मोडलमा ग्राहकको रुची समेट्ने खालका विभिन्न विकल्प राखिने अपेक्षा गरिएको छ ।
तुलनात्मक रुपमा एक्स–८ एसयूभीमा एक्स–७ मोडलको भन्दा आकर्षक रुफलाइन लगाइएको छ । यसका साथै लामो यात्राको लागि लार्ज–बुट जडित छ । यो मोडल कम्पनीको पोर्टफोलियोमा यसअघि उत्पादन भएका एसयूभी सेग्मेन्टमध्ये सबैभन्दा महँगो हुने आकलन गरिएको छ । यसमा समावेश गरिएका सुरक्षा, स्पीड, पर्फर्मेन्सलगायतका विशेषताका कारण उच्च मूल्य निर्धारण गर्ने अनुमान गरिएको हो ।
आकर्षक डिजाइनका साथै म्युटेड फ्ल्यागसिपमा निर्माण भएको रोल्स–रोयस कुलिनान, रोडस्टारलगायत मोडलको स्थान यस एसयूभीले लिने कम्पनीको दाबी छ । साथै, बीएमडब्लूले उक्त मोडल रुचाउने ग्राहकको माग एक्स–८ ले पूरा गर्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्