निशान र ड्याटसनको नयाँ शोरुम कलंकीमा

निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । निशान र ड्याटसनको आधिकारिक डिलर मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गरेको हो । यो बाहेक निशान र ड्याट्सनको शोरुम महाराजगञ्ज र बालकुमारीमा पनि उपलब्ध छ ।
कलंकीको नयाँ शोरुम सञ्चालनमा आएसँगै ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुने कम्पनीको दावी छ । साथै उपत्यकाका कुनैपनि ठाउँका ग्राहकहरुलाई सजिलैसँग सेवा प्रदान गर्न सकिने कम्पनीको भनाइ छ । अब उक्त शोरुमबाट पनि निशानको नयाँ लोगो भएको ‘बिग. बोल्ड. ब्युटिफुल’ म्यागनाइट खरिद गर्न सकिने कम्पनी ले बताएको छ ।