सामाजिक सुरक्षा कोषको योजनामा एनआईसी एशिया बैंकका कर्मचारीको विरोध «

सामाजिक सुरक्षा कोषको योजनामा एनआईसी एशिया बैंकका कर्मचारीको विरोध

नेपाल सरकारले सुरुवात गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले विरोध गरेको छ । बैंकका देशभर रहेका प्रादेशिक तथा शाखा कार्यालयहरुमा कर्मचारीहरुले विभिन्न माग राख्दै कोषको विरोध गरेका हुन् ।


सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यसअघि नै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेश गरेका सुझावहरुको सम्बोधन गर्न पनि संघले माग गरेको छ ।


यस योजनाका कतिपय बुँदा कर्मचारीको हितमा नरहेकाले परिमार्जन गर्नुपर्ने भन्दै कर्मचारीहरुले हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरु समेत गुम्ने खतरा रहेको भन्दै योजनमा सहभागी हुन नसक्ने बताउँदै आएका छन् ।
हालको व्यवस्था न्यूनतम पारिश्रमिक हुने वर्गलाई केही राम्रो देखिएपनि लामो समयसम्म संघर्ष गर्दै विभिन्न सुविधा हासिल गर्न सफल बैंकिङ क्षेत्रका कर्मचारीलाई भने आवश्यक नरहेको उनीहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस्