आईफोनका लागि विद्यार्थीले बेचे किडनी,अब ओछ्यानमै बित्ने भो पुरै जिन्दगी
बेइजिङ-जब तपाइले कसैसँग आईफोन देख्नुभयो भने तपाईको मनमा यो बिचार आउन सक्छ कि त्यो व्यक्ति धनी होला । आईफोन यती महँगो हुन्छ कि जो कोहीले किन्न सक्दैनन् । आईफोनको मूल्य हेरेर मानिसले यो किन्नका लागि किडनीनै बिक्री गर्नुपर्छ भन्ने बिचार पनि राख्ने गरेका छन् । चीनका एक छात्रले यो कुरालाई गम्भिरतापूर्व लिएर र आईफोन किन्नका लागि आफ्नो किडनीनै बिक्री समेत गरेका छन् । स्कुलका विद्यार्थी साथीमाझ आफ्नो धाक जमाउनका लागि करिब ७ वर्ष पहिले १७ वर्षको शिओ व्याङले आफ्नो किडनीनै बिक्री गरेका थिए । उक्त समयमा उनको स्कुलमा आईफोन ४ को बोलवाला थियो । व्याङले आफ्नो किड्नी बिक्री गरेर ३ हजार २०० अमेरिकी डलर अर्थात ३ लाख ५० हजार रुपैयाँ पाएका थिए । यो रकम निश्चित रुपमै पनि आईफोन किन्नका लागि पर्याप्त थियो ।
अस्पतालले व्याङलाई शल्यक्रिायको एक सातापछि उनी पहिलेको जस्तै हुने र एक किड्नीको माध्यमबाट उनले सामान्य जिवन बिताउन सक्ने बताएको थियो । शल्यक्रियाको समयमा उनको विशेष हेरचाह हुने पनि अस्पतालले बताएको थियो । यद्यपि उनको शल्यक्रिया सही भएन र राम्रो हेरचाह गर्नुको सट्टा उनको अर्को किड्नीमा संक्रमण भएको थियो ।
अब उनी ओछ्यानमै पल्टेर बस्नका लागि बाध्य भएका छन् । उनलाई पुरै जिन्दगीभर डायलासिसको आवश्यकता भएको छ । यो घटनाको सर्वाधिक दुखद पक्ष के छ भने यो विषयमा व्याङले आफ्नो बुवा आमालाई समेत थाहा दिएका थिएनन् । गरिब आमा–बुवाले छोराको उपचारका लागि धेरै पैसा खर्च गरिसकेका छन् र ऋणको चपेटामा परेका छन् । उनी आज २४ वर्षका भएका छन् ।