अमेरिका अध्ययनका लागि आईडीपी नेपालको काउन्सेलिङ «

अमेरिका अध्ययनका लागि आईडीपी नेपालको काउन्सेलिङ

आईडीपी नेपालले अमेरिका अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि काउन्सेलिङ सुरू गरेको छ । आईडीपी नेपालले अमेरिकाका लागि सुरू गरेको वेभिनार काउन्सेलिङमा १ सय ७५ बढी विद्यार्थीहरू सहभागी थिए । अमेरिका नेपाली विद्यार्थीका लागि अध्ययन गन्तव्य मुलुक हो ।
उक्त काउन्सेलिङमा आईडीपी एडुकेसनका लागि एसोसिएट निर्देशक धर्मा नाइकले अमेरिका अध्ययनका लागि योजना देखिका बारेमा जानकारी दिएकी थिइन् । त्यसक्रममा उनले उच्च शिक्षाका लागि विश्वविद्यालय, कलेज छनोटदेखि छात्रवृत्ति, रोजगारीको अवसरलगायतका विषयमा जानकारी दिइन् ।
आईडीपी नेपालका देशीय निर्देशक अभिषेक श्रेष्ठले अमेरिका अध्ययनका लागि काउन्सेलिङ सुरु गरेको भन्दै नेपाली विद्यार्थीका लागि अमेरिका धेरै अगाडिदेखि अध्ययन गन्तव्य मुलुक रहँदै आएको बताए । अमेरिका अध्ययनका लागि जान चाहने विद्यार्थीहरूलाई तालिम प्राप्त एवम् यही क्षेत्रमा वर्षौंको अनुभव प्राप्त व्यक्तिहरूबाट काउन्सेलिङ दिने आईडीपी नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्