नागरिक लगानी कोषले नौ प्रतिशत बोनस सेयर दिने «

नागरिक लगानी कोषले नौ प्रतिशत बोनस सेयर दिने

नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर दिने भएको छ । कोषको २६औं वार्षिक साधारणभाले ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांस स्वीकृत गरेको हो । सभाले आर्थिक वर्ष २०७६/०७७ को आम्दानी बाँडफाँट हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांस स्वीकृत कोषले जनाएको छ ।


त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पनि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । कोषले आधुनिक र सुविधासम्पन्न कार्यालय भवन निर्माण गर्ने बिगत लामो समयदेखिको आकांक्षालाई मुर्तरुप दिई यो वर्ष आफ्नै भवन भित्रबाट भुर्चअल माध्यमबाट सभा सञ्चालन गरेको हो ।


चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कोषले १ खर्ब ७२ अर्ब रुपैयाँ संकलन र १ खर्व ७१ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको छ । यस आवमा कोषको पुँजी वृद्धि हुनका साथै कारोबार विस्तार भई विगतदेखि सञ्चालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवासमेत निरन्तर रुपमा सञ्चालन भइरहेका छन् ।


कोषको आर्थिक वर्ष २०७६/०७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ छ । खुद नाफामध्ये बाँडफाँट योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रुपैयाँ छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम सुरू गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्