Logo

एक वर्ष बितिसक्दा पनि पाएनन् सामाजिक सुरक्षा भत्ता


नेपाल सरकारले बिगत केही वर्षयता ५ वर्षमुनिका बालबालिकालाई पोषण खर्च बापतको रकम पाएका छैनन् । प्रतिव्यक्ति प्रत्येक महिना ४ सयका दर, कर्णाली ज्येष्ठ नागरिक ६० वर्ष पुगेका बूढा–बुढीलाई प्रतिव्यक्ति २ हजारका दर र ७० वर्ष माथिका ज्येष्ठ नागरिक बूढाबुढीलाई प्रतिव्यक्ति तीन हजारका दर, अपाङ्ग भएका व्यक्तिलाई १६ सय,.पूर्ण अपाङ्गलाई ३ हजारका दर, एकल महिला २ हजारकाले प्रत्येक महिनामा सामाजिक सुरक्षाभत्ता स्थानीयले बाडेका छैनन् ।


सरकारले बुढेसकालमा बूढाबुढी, एकल महिला, अपाङ्ग, बाल बच्चालाई पोषिलो खानेकुरा खाने र न्यानो कपडा लगाउना भने हिसावले प्रत्येक महिना दिएको भत्ता यो एक वर्ष बित्न लाग्दा पनि बैंकमा खाता खोल्न समस्या भएको भन्दै सामाजिक सुरक्षा भता बितरण मा ढिलो भएको खत्याड गाउँपालिकाले बताएको छ ।


बैंकमा खाता खोलीयो धेरै पटक बैंकमा खाता चेक गर्न गहियो बैंकमा भत्ता गाउँपालिकाले जम्मा गरिदिएको छैन । यही भत्ता खोजीको लागि गाउँपालिका तिर जान लागेको खत्याड गाउँपालिका वडा नम्बर १ की वर्ष ७५ की धनसरी बुढाले बताएकी छन् ।


सामाजिक सुरक्षा भत्ता बितरण नभएको गुनासो ब्यापक सामाजिक सन्जालमा आए पछि मुगु जिल्लामा रहेको खत्याड गाँपालिकामा बुझ्दा सरकारी नीति नियम अनुसार बैंकिङ्ग प्रालिबाट रकम भुक्तानि गर्नुपर्ने भएको हुँदा बंैक खाता खेल्न समय लाग्र्ने, नाम उमेर धेरैको फरक पर्ने लागतकट्टा गर्नुपर्ने जस्ता समस्या बैकमा खाता खोल्दा एकदिनमा धैरैको बैंकमा दर्ता गर्न नमिल्र्ने इन्टरनेटको समस्या र कार्यलयमा कर्मचारीको जनशक्ति कम भएको हुँदा ढिला भएको हो अब सबै प्रक्रिया पूरा भइसकेको र अवको ४,५ दिनभित्र सबै लाभग्राहीहरूले सामाजिक सुरक्ष भत्ता पाउने खत्याड गाउँपालिकाका अध्क्षय उब्जनबहादुर शाहीले बताएका छन् ।


खत्याड गाउँपालिकामा बालपोषण २ हजार ३ सय ५४ जान, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक बूढाबुढी ८ सय २१ जान, ६० वर्षभन्दा माथिका कर्णाली ज्येष्ठ नागरिक बुढाबूढी ८ सय ६४ जना, अपाङ्ग ६२ जना एकल महिला १ सय ३३ जना गरी जम्मा ४ हजार २ सय ३४ जना सामाजिक सुरक्षा नपाएको समेत गाउँपालिकाका अध्यक्ष शाहीले बताएका छन् ।


यता कोस तथा लेखानियन्त्रण कार्यालय मुगुमा अनुसार खत्याड गाउँपालिकाले पहिलो र दोस्रो किस्ताको सबै सामाजिक सुरक्षा भत्ताका निकासा लिइसकेको र तेस्रो किस्ता बाँकी छ भने छायानाथ रारा नगरपालिका र मुगमकामारोङ्ग गाउँपालिकाको पहिलो किस्ता निकासा गरिसकेको छ । उता सोरु गाउँपालिकाको पहिलो र दोस्रो किस्ताको रकम निकास भइसकेको छ तेस्रो किस्ताको रकम केही वडा पालिकाको गइसकेको र बाँकी बजेटको अभावमा केही दिनभित्र सबै पालिकामा सामाजिक सुरक्षाको रकमको निकासा जाने कोष नियन्त्रक लक्ष्मीचन्द्र हमालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्