स्कर्पियो, क्रेटा र जीपलाई टक्कर दिन आउँदैछन् यी एसयूभी «

स्कर्पियो, क्रेटा र जीपलाई टक्कर दिन आउँदैछन् यी एसयूभी

स्पोर्टस् युटिलिटी भेइकल (एसयूभी)को बजार भारतमा लगातार बढिरहेको छ । यही कारण कम्पनीहरुले यो सेगमेन्टमा नयाँ कार ल्याउने क्रम बढिरहेको छ ।
सन् २०१९ मा केही यस्ता एसयूभी सार्वजनिक हुँदैछन् । तीमध्ये अधिकांशले एसयूभी महिन्द्रा स्कर्पियो, हुन्डाई क्रेटा, जीप कम्पास र मारुती भिटारा ब्रिजालाई टक्कर दिनेछन् । आगामी वर्ष आउने नयाँ एसयूभी यस्ता छन् :

टाटा ह्यारियर 

टाटाको यो एसयूभी जनवरीमा सार्वजनिक हुनेछ । भारतीय बजारमा यसको हुन्डाई क्रेटा र जीप कम्पाससँग प्रतिस्पर्धा हुने बताइन्छ । कम्पनीले यसको बुकिङ सुरु गरिसकेको छ ।

निसान किक्स 

निसानको यो दमदार एसयूभी पनि जनवरीमै सार्वजनिक हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पाइने निसान किक्सको तुलनामा भारतीय बजारमा आउने किक्स ठूलो हुनेछ । यो कम्प्याक्ट एसयूभी हुनेछ, जो हुन्डाई क्रेटा र मारुती भिटारा ब्रेजाजस्ता कारलाई टक्कर दिने अनुमान गरिएको छ ।

महिन्द्रा एक्सयूभी ३००

महिन्द्राले आफ्नो नयाँ कम्प्याक्ट एसयूभी एक्सयुभी ३०० फेब्रुअरीमा बजारमा ल्याउनेछ । यो सब–४ मिटर एसयुभी हो । यसको प्रतिस्पर्धा पनि भिटारा ब्रिजा र क्रेटासँग हुने अनुमान गरिएको छ ।

टाटा एचसेभेनएक्स 

यो एसयूभी ह्यारियरको सात सिटर भर्जन हो । यो २०१९ को अन्त्यसम्ममा सार्वजनिक हुने छ । यसमा टाटा ह्यारियकै इन्जिन हुनेछ । यद्यपी यसको पावर ह्यारियर भन्दा ज्यादा हुन सक्नेछ । यो एसयूभी महिन्द्रा स्कर्पियोको दबदबासँग प्रतिस्पर्धा गर्न ल्याइन लागिएको हो ।

मारुती माइक्रो एसयूभी

मारुतीको यो माइक्रो एसयूभी पनि आगामी वर्ष सार्वजनिक हुनेछ । यसले महिन्द्रा केयूभी १०० सँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । यसलाई अटो एक्सपो २०१८ मा सार्वजनिक गरिएको थियो । यो फ्युचर एस कन्सेप्टमा आधारित हुनेछ ।

हुन्डाई कोना 

हालै विश्वबजारमा सार्वजनिक भएको यो एसयूभी निकै हदसम्म आईट्वान्टीसँग मिल्छ । कम मूल्यमा उत्कृष्ट फिचर्सका साथमा यो एसयूभी आफ्नो सेगटमेन्टका बाँकी कारलाई कडा टक्कर दिन सक्नेछ । भारतमा आगामी वर्षको जुनसम्म यो गाडी सार्वजनिक हुनेछ ।

किया एसपी कन्सेप्ट 

हुन्डाईको प्रिमियम कार ब्रान्ड कियाले अटो एक्सपो २०१८ मा आफ्नो पहिलो भारतीय मोडल एसपी कन्सेप्ट प्रदर्शन गरेको थियो । २०१९ को मध्यसम्म यो एसयुभी भारतमा सार्वजनिक हुनसक्नेछ । यसलाई हुन्डाई क्रेटाभन्दा केही बढी मूल्यमा बजारमा ल्याइने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्