पुनकर्जा कार्यविधि सहज बनाउन चेम्बरको माग «

पुनकर्जा कार्यविधि सहज बनाउन चेम्बरको माग


नेपाल चेम्बर अफ कमर्सले पुनकर्जा कार्यविधि सहज बनाउन माग गरेको छ । आगामी मौद्रिक नीतिका बारेमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ३७ बुँँदे सुझाव पेश गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई भी आकारमा लैजाने गरी विस्तारित मौद्रिक नीति ल्याउन आग्रह गरेका हुन् ।


औपचारिक अर्थतन्त्रलाई भी आकारमा पुनरुत्थान गर्न सबै प्रकारका लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय, निर्यात व्यवसाय, महिला उद्यमशीलता तथा कृषि क्षेत्रका लागि थप भएको कोरोना महमामारीबाट प्रभावित पुनकर्र्जा २०० अर्ब ३ प्रतिशत ब्याजदरमा २ वर्षदेखि ३ वर्षसम्म कर्जाप्रवाह गर्न विषेश व्यवस्था गर्न चेम्बरले सुझाव दिएको छ ।

यस्तै १० लाखसम्म नगद कारोबार गर्न पाउने व्यवस्था गर्न, चेक बाउन्स गर्ने व्यक्ति, फर्म वा कम्पनीलाई कालो सूचीमा राख्नेलगायत कानुनी कारबारहीको व्यवस्था गर्न पनि चेम्बरले माग गरेको छ । चेम्बरले बैंकिङ क्षेत्रमा विद्यमान व्यक्तिगत जमानीको व्यवस्थामा निजी क्षेत्र कर्पोरेट लगानीमा उत्साहित हुन नसकेको जनाएको छ । सेयर स्वामित्वको अनुपातमा मात्र व्यक्तिगत जमानी लिइनु पर्ने व्यवस्था अगामी मौद्रिक नीतिमा सम्बोधन गर्न सुझाव दिइएको छ ।

अध्यक्ष मल्लले कोरोना महामारीले कारण थलिएको अर्थतन्त्रलाई उकास्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरे । बैंकिङ क्षेत्रको प्रमुख मुहान निजी क्षेत्र भएकाले अहिले मुहान अत्यन्त क्षतिग्रस्त भएको भन्दै राष्ट्र बैंकको पहिलो प्राथमिकता मुहानको संरक्षण गर्नुपर्ने उनले बताए । आर्थिक पुनरुत्थान नभई आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन सम्भव नदेखिएको भन्दै उनले निजी क्षेत्रको मनोबल कायम राखि आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्न उनले आग्रह गरे ।
गभर्नर अधिकारीले चेम्वरबाट प्रस्तुत व्यवहारिक सुझावहरुलाई मौद्रिक नीतिमा समेट्न प्रयास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्