के–पपदेखि भटमाससम्म «

के–पपदेखि भटमाससम्म

वर्ष २०१८ लाई फर्केर हेर्दा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्ष २०१८ लाई विश्व व्यापारको खेल मैदानको स्तर दिएका थिए । तर, अहिलेसम्म अमेरिकाको खेल्ने मैदान पूर्ति हुन बाँकी नै छ । किनभने उनले ठूलो परिमाणमा भटमासको बिक्री गर्न भने बाँकी नै छ ।
चिनियाँ पोर्क उद्योगको पूर्तिका लागि चिनियाँ आयातकर्ताहरूले अमेरिकी भटमास खरिद गर्दै आएका थिए । तर, यो निर्यातमार्ग जस्तालाई तस्तैको बदलाको कारबाहीबाट रोकिएको छ । हाल अमेरिका चीनबीचमा ३५० अर्ब डलरको एक अर्काको सामग्रीमा भन्सार लागेको अवस्था छ ।
चिनियाँहरूले अमेरिकी भटमासका अप्रिलदेखि प्रतिबन्धको घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्टिल र आल्मुनियमको आयातमा क्रमशः २५ र १० प्रतिशतको भन्सार लगाएको बदलामा चीनको यो जवाफी कारबाही हो ।

५ सय वर्ष पुरानो

अमेरिकी राष्ट्रपतिले आफु पूर्वका अमेरिकी प्रशासनको आलोचना गरेका छन् । उनीहरूले अमेरिकी रोजगारी विदेशमा पठाएके आरोप ट्रम्पको छ । ट्रम्पले भनेका छन्, “यो स्वतन्त्र व्यापार होइन । यो मुर्खतापूर्ण व्यापार हो । मूर्ख व्यापार । हामी यस किसिमको व्यापार गर्न सक्दैनांै ।”
चिनियाँ नेतृत्वले पनि थप प्रतिबन्धको माध्यमबाट अमेरिकी प्रतिबन्धको जवाफ दिएको छ ।
डिसेम्बरमा दिएको भाषणमा राष्ट्रपति सी जिनपिङले भनेका छन्, “चीनजस्ता ठूला मुलुकको ५ हजार वर्ष पुरानो सभ्यता रहँदै आएको छ । चीनले के गर्नुपर्छ र के गर्नु हुँदैन भनेर कसैले पनि चिनियाँ जनतामाथि शासन गर्न सक्दैन ।”
अमेरिकी राष्ट्रिय कृषकको संगठनका अध्यक्ष रोजर जोन्सनले आफुले नेतृत्व गरेका २ लाख परिवारमा चिन्ता बढेको बताएका छन् ।
आफ्नो गृहनगर नर्थ डाकोटाको भ्रभणपछि उनले भने, “भटमासको ठूलै थुप्रो थुप्रिएको छ । यो भण्डारमा मात्रै होइन, जमिनमा पनि असरल्ल परेको छ । यी भटमासको आधारभूत रुपमै बजार छैन ।”

जासुसी

यदि छोपेर राखिने हो भने भटमासलाई १ वर्षसम्म जोगाउन सकिन्छ । व्यापार विवादले दीर्घकालीन असर पार्ने जोन्सन बताउँछन् । यसले अमेरिकाको विश्वसनीय आपूर्तिकर्ताको ख्यातिमा समेत आँच आउन सक्ने धारणा उनको छ । यसैबीच भटमासको उत्पादन ब्राजिल, अर्जेन्टिना र पूर्वी युरोपतर्फ सर्न सक्ने चिन्ता उनको छ ।
सिंगापुरका एसिया ट्रेड सेन्टरका कार्यकारी निर्देशक डेबोराह इल्मस ट्रम्पको चीन बिरुद्धको गुनासो चार बुंदा राख्दै असहमति जनाउँछिन् । उनले बताएको बुँदामा चीनले अमेरिकी बौद्धिक सम्पत्तिको चोरी गरेको, अमेरिकी फर्मले चीनमा कारखाना निर्माण गरेपछि बाध्यात्मक रुपमा प्रविधि हस्तान्तरण गर्न लगाएको, अमेरिकामा साइबर जासुसी गरेको र चीनसँग अमेरिकाको विशाल व्यापार घाटा छन् ।
चीनले धेरैको अपेक्षाअनुसारको तीव्र दरमा आफुलाई खुला नगरेको विषय उनी पनि स्विकार्छिन् । तर, उनले जटिल अवस्थाको म्यानुफ्याक्चरिङ आपूर्ति चेनलाई चीनबाट अमेरिकामा सार्न सकिएला भन्ने विषयमा आशंका व्यक्त गरेकी छन् । तर, उच्च मूल्यको स्टिलको क्षतिमा रोजगारीमा भएको वृद्धिले पूर्ति गरेको विषयमा उनको पनि स्वीकृति रहेको छ ।
“अमेरिकी आल्मुनियम कम्पनी अत्यन्त खुसी देखिएका छन् । अमेरिकाका केही संख्याका स्टिल कम्पनीहरूले थप कामदारको माग गरेका छन्,” उनको निष्कर्ष छ ।
“तर अमेरिकी अर्थतन्त्र र अमेरिकी रोजगारीमा भन्सार युद्धको नीतिको खुद नतिजा एक रूपमा नकारात्मक देखिएको छ । यसले अमेरिकी कामदार र अमेरिकी रोजगारीमा पनि नकारात्मक असर पारेको छ,” उनको भनाइ छ ।

भरिपूर्ण जीवनशैली

लगानी बैंकरको ख्याति संकटलाई उचाइमै पु-याउने गरी आएको वित्तीय संकटको पनि १० वर्ष पूरा भएको छ ।
त्यसयता वाल स्ट्रिट बैंकहरू आफुहरू नैतिक जिम्मेवार भएको देखाउनका लागि कडा मेहनत गर्दै आएका छन् । यो गोल्डम्यान स्याक्सका लागि एउटा धक्का नै भएको थियो । त्यसपछि यो बैंकले २०१८ मा अर्को वित्तीय काण्डको सामना गर्नुपरेको छ ।
मलेसियामा वनएमडीबी भनिने कोष केन्द्र देशलाई लाभ हुने किसिमको वित्तीय पूर्वाधार आयोजनाको ढाँचाकृत भएको छ । वास्तवमै ४ अर्ब डलर यसको भित्री क्षेत्रमा काम गर्नेहरूको विलासी र भरिपूर्ण जीवनशैलीका लागि निकालिएको थियो ।
बैंकका दक्षिणपूर्वी एसियाका पूर्व प्रमुख टिम लिसनरले घूस लिएको आरोप स्वीकार गर्नुलाई गोल्डम्यानका लागि सर्वाधिक पीडादायी विषय भएको थियो ।
हाल गोल्डम्यान स्याक्सलाई अभियोजनकर्ताहरूले मलेसियामा अभियोग लगाएका छन् । आफ्नो बैंकमा केही भ्रष्ट कामदार भएको र यसले गर्दा बैंकमाथि नै आरोप लगाइनु गलत भएको र यसको डटेर सामना गर्ने बैंकले जनाएको छ ।
हाल चीनमा भएको विश्वास गरिएका एक मलेसियन वित्तदाता झो लो पनि यसबाट लाभान्वित हुनेमध्येमा परेका छन् । उनको खर्च रात्रि क्लब, जहाजमा भ्रमण, चलचित्र देख्ने र पेरिस हिल्टन र लियोनार्दो डि काप्रियोजस्ता सेलिब्रेटीलाई साथी बनाउने लगायतका क्षेत्रमा २० लाख डलर हुने गथ्र्यो ।

बोइ ब्यान्ड

‘बिलियन डलर ह्वेल’ काण्डमा लेखिएको पुस्तकका सहलेखक ब्राडली होपले भनेका छन्, “खतरनाक कुरो के छ भने यो काण्डको पैसा उधारो लिइएको थियो ।”
मलेसियन माझीहरूलाई दिइएको सहुलियत पहिले नै काटिनुपथ्र्यो । वनएमडी कोषको रहेको ६.५ अर्ब डलरको ऋण मलेसिया सरकारले पुनः भुक्तानी गरिनुपर्ने उनी बताउँछन् ।
जलवायु परिवर्तन रोक्ने प्रयासका लागि यो अर्को खराब वर्ष भएको छ । २०१८ मा विश्वव्यापी कार्बन डाइअक्साइड उत्सर्जनका लागि पछिल्लो विश्वव्यापी कुल २.७ प्रतिशतले वृद्धि भएको सुझाएको छ । यो २०१७ मा पनि १.६ प्रतिशतले वृद्धि भएको थियो ।
विगतका वर्षहरूमा गरिएका विभिन्न महत्वा कांक्षी जलवायु सम्झौताले नीतिहरूमा सफल रूपान्तरण गर्न सकेका छैनन् ।
फ्रान्समा पनि राष्ट्रपति इमानुयल म्याक्रोनको कर बढाएर इन्धनको प्रयोग घटाउने प्रयास असफल भएको छ । उनको यो कदमपछि हिंसात्मक विरोध भयो र उनी आफ्नो निर्णयबाट फिर्ता भए ।
विश्वव्यापी मनोरञ्जन उद्योगमा सांस्कृतिक अवरोधहरू घट्न थालेका छन् ।
नेटफ्लिक्सले विश्वलाई विस्तार गरेको छ भने दर्शकलाई स्थापित टिभी च्यानलबाट अन्यत्र मोड्नका लागिसमेत सफल भएको छ । कोरियाली के–पपको क्रमभंगताले संगीत व्यवसायलाई पनि विस्तार गरेको छ । वन बोइ ब्यान्डले अमेरिकी एल्बम चार्टमा शीर्ष स्थान हासिल गरेको छ ।
संगीत पत्रकार टेलर ग्ल्यासबाईले युट्युबको लाइक र स्पोटिफाईले विश्वभरि के–पपको प्रवद्र्धनमा सहयोग पु-याएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्