साझा मुद्दा पहिचान गर्न प्रदेश २ का व्यवसायीको छलफल «

साझा मुद्दा पहिचान गर्न प्रदेश २ का व्यवसायीको छलफल

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा रहेको ५ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोली र वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीबीच अन्तरक्रिया भएको छ ।
वीउवासंघका का.वा. अध्यक्ष हरिप्रसाद गौतमले अध्ययन अवलोकन भ्रमण टोलीलाई स्वागत गर्दै गण्डक–पथलैया औद्योगिक कोरिडोर, पर्सा–बारा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पु¥याइरहेको योगदानबारे जानकारी गराएका थिए । उनले कूल राष्ट्रिय राजस्वको आधा हिस्सा ओगटेको यस क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिए ।

उनले जनकपुर र वीरगञ्जले एउटै प्रकृतिका समस्याहरु भोगिरहेकाले हाम्रा साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता रहेको बताए ।
यसैगरी जनकपुर उवासंघका अध्यक्ष जितेन्द्र महासेठले नेपालकै सबैभन्दा पुरानो उवा संघको रुपमा परिचित वीउवासंघले आफ्नो स्थापनाकालदेखि नै पर्सा–बारा क्षेत्रको उद्योग, व्यापारको उन्नयनमा पु¥याउँदै आएको योगदान महत्वपूर्ण रहेको धारणा राखे । उनले अध्ययन अवलोकन भ्रमणको उद्देश्य विभिन्न चेम्बरको स्थलगत भ्रमणबाट चेम्बरबीचको सम्बन्ध विस्तार र एक आपसमा सहकार्य गर्न सकिने मुद्दा पहिचान गर्नसमेत मद्दत पुग्ने बताए ।

उनले जनकपुर क्षेत्रमा १३ वटा मात्र ठूला उद्योग रहेका र साना, घरेलु उद्योग, व्यवसायको बाहुल्यता रहेकाले साना, घरेलु उद्योग, व्यवसायको प्रवद्र्धन हाम्रो संस्थागत भूमिका रहने र राज्यको पनि जिम्मेवारी रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष तथा वीउवासंघका पूर्व अध्यक्ष गणेशप्रसाद लाठले क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य संघहरु बीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताए । साथै उवासंघहरु बीच सम्बन्ध विस्तारको लागि प्रदेश उवासंघले प्रभावकारी भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्