एम्बुलेन्स बगाउँदा चालक अधिकारी खोलाबाट पौडेल बाँच्न सफल «

एम्बुलेन्स बगाउँदा चालक अधिकारी खोलाबाट पौडेल बाँच्न सफल


कास्कीको मादी–९ स्थित बुँदेखोलामा एम्बुलेस बगाउदा एम्बुलेन्स चालक सुभाष अधिकारी खोलामा परेर पनि पौडेर बाच्न सफल भएका छन् । ग १ झ ४४८ नम्बरको एम्बुलेन्सलाई बँुदेखोला तर्ने वेलामा एक्कासि माथिबाट आएको ठुलो पानीको वहावले बगायसँगै खोलामा बजारिन पुगेका चालक अधिकारी पौडेल बाँच्न सफल भएका हुन् ।


रविडाँडा बस्ने ३४ वर्षका अधिकारीलाई एम्बुलेन्स सहित खोलाले करिब १ सय मिटर तल पु¥याएसँगै उनी खोलाबाट अवतरण भएसँगै उनको मेडिकल पोखराको एक मेडिकल हलमा सामान्य उपचार भएपछि हाल आफ्नो निवास खुदिमा आराम गर्दै बसेका छन् ।
विहिबार विहान करिब ११ः०० बजे मादी–९ स्थित मुङग्रेबेंसी बस्ने ८६ वर्षकी गोमा अधिकारको मुटुसम्बन्धी बिरामी भई पसगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्समा राखि पोखराको लागि पोखरातर्फ आउँदै गर्दा उनको बाटोमै मृत्युपछि पुनः मुङग्रे बेंशी फर्किने क्रममा बुँदेखोला तर्न वेलामा एम्बुलेन्स खोलामा फसेपछि एक्कासि माथिबाट ठूलो पानीको वहाव आएसंगै चालक अधिकारीले स्टाट भएको एम्बुलेन्स बन्द गरेर झर्न खोल्दा पानीको वहावले उनलाई बगाएको थियो ।


उनका हेल्पर र समृतका आफन्त एम्बुलेन्स फसेसँगै पानीको वहाव आएको थाहा पाएर खोलाबाट निस्केका थिए । प्रहरी र्चाैकी भगवतीटारबाट प्रहरी सहायक निरीक्षक कृष्ण वि.क.कमाण्डमा खटिएको ४ सदस्य जनाको एक टोलीले मृतकलाई उनका आफन्त समक्ष बुझाएका थिए । चालक अधिकारीको ढाड, दाँया पाखुरामा चोट लागेको तर अवस्था भने सामान्य रहेको चालक अधिकारीले बताए । बिरामीको घरदेखि करिब ३ किलोमिटर टाडा पुगेपछि बिरामी बाटोमै निधन भएको आशंकामा आफुहरू फर्किएसंगै खोलामा एम्बुलेन्स फस्न पुगेको उनले जनाए । एम्बुलेन्स केही तल बाढी पहिरोले लगे पनि बिरामी भएको राखेको स्टेचरसम्म पानी र माटोको कुनै भाग भने नपुगेको चालक अधिकारीले जनाए ।
बाढी पहिरोले आधा भाग जसो पुरिएको एम्बुलेन्सलाई जेसिबीको सहायताले खोलाबाट निकालिएको कास्कीका प्रहरी प्रवत्ता डि.एस.पी. सुवास हमालले बताए । कास्कीको मार्दी गाउँपालिका–९ का वडा अध्यक्ष तोरणबहादुर गुरुङले मध्यपहारी लोकमार्गको बाटो निर्माणको क्रममा रहेकोले एम्बुलेन्स खोला तर्ने समयमा एकाएक ठूलो बाढी पहिरो आएकाले एम्बुलेन्स फस्न पुग्दा एम्बुलेन्सबाट झर्न खोज्दा खोलाले बगाउँदा पनि चालक अधिकारी बाँच्न सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्