माई सेकेण्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई नगद हस्तान्तरण «

माई सेकेण्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई नगद हस्तान्तरण

गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको त्रिदेशिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको राष्ट्रि«य क्रिकेट टोलीलाई एक समारोहबीच मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टोलीलाई नगद ५ लाख र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही एक लाख प्रदान गरेको छ ।

प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण ढिलो मात्र हस्तान्तरण गरिएको माई सेकेण्ड टिचरले जनाएको छ ।
त्रिवि अन्र्तराष्ट्रि«य क्रिकेट स्टेडियम कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेशिया र नेदरल्याण्डस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । आउँदो जुलाईमा स्पेनस्थित आयोजना हुन गइरहेको विश्वकप लिग टु मा नेपालले दोश्रो श्रृङखलामा स्कटल्याण्ड र नाम्बियाको सामना गर्ने छ । समारोहका बीचमा नेपालका सर्वोत्कृष्ट खेलाडी ज्ञानेन्द« मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नेपालको प्रर्दशन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए ।


“ट्र«ाई नेशन सिरिजमा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा निकै नै गर्वशाली महसुस भएको छ । नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्तर्राष्ट्रिय खेलकुद जगत्मा नेपाल चाँडै नै फस्टाउने कुरामा निकै आशावादी रहेको छु ।
नेपालको शैक्षिक क्षेत्रको स्तरोन्नतिमा लागि परेको यस ई लर्नि«ङ प्लेटफर्मले नेपाली खेलकुद एवम् नेपाली युवावर्गको विशिष्ट प्रतिभामा समेत विशेष ध्यानाकर्षण गर्दै उनीहरुको योग्यताको शही पहिचान तथा हौसलामा बढावा दिई यस प्रतिस्पर्धाको आयोजना गरेको हो ।


वैशाख १ गतेदेखि देशभर ई लर्नि«ङ प्लेटफर्म माई सेकेण्ड टिचर ( एम्एस्सी ) नेपाली शैक्षिक क्षेत्रमा आमुल परिवर्तनको उद्धेश्यसहित उपलब्ध गराइएको थियो । नेपालको शैक्षिक गुणस्तरको सुधार एवम् स्तरोन्नति अपरिहार्य रहेको पहल गर्दै इन्नोभेट टेकका संस्थापक अध्यक्ष बुढाथोकीले उक्त प्लेटफर्म नेपालको शैक्षिक क्षेत्रका लागि कोशेढुङगा साबित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्