Logo

लायन्सका डिष्ट्रिक्ट गभर्नर आचार्यद्वारा पदभार ग्रहण

लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ को लायन वर्ष २०२१/०२२ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले पदभार ग्रहण गरेका छन् ।
लायन्स डिष्ट्रिक्ट सचिवालय काठमाडौंमा आयोजित कार्यक्रममा आचार्यले पदभार ग्रहण गरेका हुन् । लायन वर्ष २०२०÷०२१ का गभर्नर लायन मानबहादुर रोक्काले वर्ष २०२१÷०२२ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर आचार्यलाई पदिय दायित्व हस्तान्तरण गरेका हुन् ।
हरेक वर्ष जुलाई १ तारिकबाट लायन्स क्लवको नयाँ कार्यकाल सुरू हुने परम्परा छ । त्यहीअनुसार आचार्यले आफ्नो कार्यकाल सम्हालेका हुन् । उनले पहिलो दिन नै ७५ वटा नयाँ क्लब चार्टर गरेका हुन् । त्यसैगरी एलसिआइएफमा १८ जनाले १८ हजार डलर योगदान र डिष्ट्रिक्ट गभर्नरको यस वर्षको मुख्य कार्यक्रम लायन्स मोडेल भिलेजका लागि स्थापित लायन्स वेलफेयर बैंकमा ५१ लाख भन्दाबढी रकम पहिलो दिन मै संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्