भाइबरको म्यासेजमा थपियो नयाँ फिचर «

भाइबरको म्यासेजमा थपियो नयाँ फिचर

भ्वाइस कलमा आधारित सञ्चार र क्रस प्लेटफर्म मेसेजिङको क्षेत्रमा अग्रणी रहेको राकुटेन भाइबरले ‘स्न्याप इनकर्पोरेट’ सँगको साझेदारीमा आफ्नो एपमा अग्मेन्टेड रियालिटी (एआर) को जादू ल्याउने भएको छ ।
स्न्यापले विकसित गरेको उपकरणहरु क्यामरा किट, क्रिएटिभ किट र बिटमोजीलगायतको प्रयोग गरेर भाइबर एपले एआर लेन्सहरु एकीकृत गर्ने र स्न्याप च्याटमा सेयर गर्न सहज गराउने तथा भाइबरमा अनुकूलन–योग्य बिटमोजिए भटार्स ल्याउनेछ ।
स्न्यापद्वारा पावर गरीएको भाइबर लेन्सले पहिलो पटक भाइबर प्रयोगकर्तालाई एआर प्रयोग गर्न मिल्ने भिडियो मेसेजिङ र फोटोहरु प्रदान गर्ने कम्पनीले जनाएको छ । यो ३० नयाँ भाइबर लेन्सहरुमा सुरूको चरणमा जनावरको मास्क, भाइबर क्यारेक्टर र बिरालाका आश्चर्यजनक अनुहारहरु पनि समावेश भएका छन् ।
कम्पनीले प्रत्येक महिना ५०–७० वटा गरी वर्षको अन्तिमसम्म ३०० वटा नयाँ लेन्सहरु थप्दै जाने योजना बनाएको जनाएको छ । व्यवसायीहरुले भाइबरमा उनीहरुका आफ्नै विशेष लेन्सहरु रचना गर्ने अवसर पनि भाइबरले दिने जनाएको छ । विश्व वन्यजन्तु संगठन(डब्लुडब्लुएफ) बार्सिलोना फुटबल क्लब र विश्व स्वस्थ्य संगठन (डब्लुएचओ) भाइबर मेसेजिङ एपमा नयाँ लेन्सहरु उपलब्ध गराउने पहिलो भाइबर साझेदारहरु रहेको बताइएको छ । यसले अनुकूलन योग्य लेन्सहरुले प्रयोगकर्ताहरु र भाइबर प्लेटफर्ममा उनीहरुले रुचाएका ब्राण्डहरुबीचको सम्बन्ध अझ बढाउने कम्पनीको दावी छ ।
भाइबर एक कलिङ र मेसेजिङ एप हो, जसले एक अर्काका भावना र रचनात्मक तवरले उजागर गर्न सहयोग गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भाइबरमा गरिएका व्यक्तिगत एवं ग्रुप च्याटहरु एंड–टु–एंड इन्क्रिप्टेड गराइएका हुन्छन् । यसैले उनीहरुका सञ्चारहरु सधैं अत्यन्त गोप्य र सुरक्षित राख्ने प्रतिवद्धता दोहो¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्