रेल र सुक्खा बन्दरगाह : वीरगन्ज भन्सार खुम्चिदै «

रेल र सुक्खा बन्दरगाह : वीरगन्ज भन्सार खुम्चिदै

वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भइरहँदा वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयको आयात कारोबार बढ्दो छ ।

२०७४ सालको सुरुदेखि नै वीरगन्ज भन्सार कार्यालयको राजस्व निरन्तर प्रभावित हुँदै आएको छ । कार्यालयलाई लिइएको राजस्व संकलन लक्ष्य पूरा गर्न वीरगन्ज सुक्खा भन्सार कार्यालयले गर्दा मुस्किल पर्दै आएको छ । कुनै समय देशकै सबैभन्दा धेरै भन्सार राजस्व असुली हुने भनेर अग्रपन्थीमा आउने भन्सार नाका अब सुक्खा बन्दरगाहको बढ्दो आयात कारोबारले सुक्खा बन्दरगाहको आँखामा वीरगन्ज मूल भन्सार ओझेल पर्दै आएको देखिन्छ । वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भइरहँदा वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयको आयात कारोबार बढ्दो छ । वीरगन्ज सुक्खा बन्दरगाहबाट रातिको समयमा पनि बिनाअवरोध आउने–जाने गरेकाले राजस्व असुली सुक्खा बन्दरगाहबाट लक्ष्यभन्दा बढी हुँदै गएको छ ।
वीरगन्जमा २०७३ कात्तिकसम्म पनि निर्माणाधीन एकीकृत सुरक्षा जाँज चौकी अर्थात् आईसीपी २०१६ डिसेम्बरभित्र निर्माण सम्पन्न भई चालू हुने भनिएको थियो । २०७४ चैतमा एकीकृत जाँच चौकी चालू भएको छ । । विगत ६ वर्षअघिदेखि जाँच चौकी निर्माण हुँदै आएको थियो । प्रारम्भिक सम्झौताअनुसार सन् २०१३ को अक्टोबरसम्म चौकीको काम सकिनुपथ्र्यो । निर्माण सम्पन्न गर्ने अन्तिम म्याद पनि परपर सर्दै सर्दै चालू भएको छ, तर परियोजनाअन्तर्गत भारततर्फको चौकी संरचना २०७३ असारमै सकिएको थियो । भारतले जाँच चौकीलाई लक्षित गरी रक्सौल सहरको पश्चिम भागबाट बाइपास सडकसमेत उहिल्यै बनाएको थियो ।
नेपालतर्फको वीरगन्जको आईसीपी निर्माण पूरा नहुदै भारतले आफ्नोतिर २०७३ मार्गतिरै सञ्चालनमा ल्याइसकेको थियो । आईसीपीबाट मालवाहक ट्रकलाई क्लियरेन्सको काम हुँदै आएको छ । भारततर्फ रक्सौल हुँदै नेपाल प्रवेश गर्ने मालवाहक गाडीलाई अनिवार्य रूपमा आईसीपीमा प्रवेश गरेर त्यहाँबाट जाँचपास गरी स्लिप लिएर मात्र नेपालतर्फ जाने गरिँदै आएको छ । नेपालतर्फको आईसीपी जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कार्य हुँदै गरेको भनिन्छ । स्मरण गराइन्छ, नेपालतर्फको वीरगन्ज आईसीपी २०१६ डिसेम्बरभित्र सञ्चालनमा आउने भनिएको थियो ।
बताइन्छ, संयुक्त आईसीपी सञ्चालनमा आएपछि हालको भन्सार नाकामा जस्तो मालवाहक सवारी साधनको जाम नरहने हुन्छ, तर जाँच चौकी चाँडै सिध्याउनुपर्छ भनी जप मात्र गरिँदै आएको छ । भारतले १ अर्ब ३९ करोड रुपैयाँ लागतमा नेपालका लागि चौकी निर्माण गरिदिन लागेको हो ।
वीरगन्ज सुक्खा बन्दरगाहमा २०७४ मार्गसम्मकै नोभेम्बर महिनामा धेरै रेल्वे ¥याक अर्थात् ४० वटा कन्टेनरबाहक रेल्वे ¥याक भारतको विभिन्न बन्दरगाहबाट आइपुगेको थियो । स्मरण गराइन्छ, सन् २००४ देखि सञ्चालनमा आएको यो बन्दरगाहको इतिहासमा एक महिनामै त्यति धेरै रेल्वे ¥याक आएको पहिलो पटक थियो । यसअघि २०१६ को अगस्तमा ३८ कन्टेनर ¥याक कोलकाता बन्दरगाहबाट सोझैसहित अर्को एक दर्जन कोलकाता बन्दरगाहबाट र ३ भारतकै अर्को बन्दरगाह विशाखापटनमबाट वीरगन्ज सुक्खा बन्दरगाहमा आएको थियो । नेपाली आयातकर्ताले विभिन्न तेस्रो देशबाट आयात गरेको मालवस्तु बोकेर आएका कन्टेनरलाई कोलकाता र विशाखापटनम बन्दरगाहबाट भारतीय रेल्वेको ¥याकले वीरगन्ज सुक्खा बन्दरगाहसम्म ल्याउने गरेका छन् । सामान्यतया यस्ता एक ¥याकले यस्तो ९० वटा कन्टेनर बोक्ने क्षमता रहेको देखिन्छ ।
आव ०७३÷७४ देखि वीरगन्ज सुक्खा बन्दरगाहमा मालवाहक रेलको आवागमन बढ्दै आएको छ । कन्टेनरको हकमा तेस्रो देशबाट आयातित मालवस्तुबाहेक कन्टेनर मात्र हुने गरेका पनि देखिन्छन् । भारतीय रेलसेवा तुलनात्मक रूपमा सुधारिएको र नेपालतर्फको मालवाहक रेल ढुवानी सेवालाई पनि प्राथमिकतामा राखेपछि त्यसले सुक्खा बन्दरगाहको समग्र कारोबारमै सकारात्मक प्रभाव पारेको भनिन्छ ।
भारतको रेल्वे सञ्जालसँग जोडिएको नेपालको एक मात्र वीरगन्जको सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि कोलकाता बन्दरगाह हुँदै तेस्रो देशबाट मालसामान आयात गरेका आयातकर्ता तथा भारतबाटै मालसामान आयात गर्ने आयातकर्ताले पनि यो सुक्खा बन्दरगाहबाट मालसामान आयात गर्न रुचाउने गरेका देखिन्छन् ।
वीरगन्ज सुक्खा बन्दरगाह रहेको स्थान र एकीकृत जाँच चौकी अलि टाढा छ । करिब डेढ दशकदेखि सञ्चालनमा आएको सिर्सिया सुक्खा बन्दरगाह र आईसीपीको बिचमा खल्बाटोला गाउँ र स्थानीयको खेत पर्छ । २०७४ जेठमा नै करिब त्यसको दुई महिनापछि आईसीपी भारतले नेपाललाई हस्तान्तरण गर्ने भनिएको थियो, तर अवस्था के छ ? भनिन्छ, वीरगन्ज आईसीपी सञ्चालनमा आएपछि देशको आयात–निर्यातको ८० प्रतिशत मालवस्तु यही सुक्खा बन्दरगाह नाकाबाट आयात–निर्यात हुनेछ ।
नेपाल र भारतबीच हुँदै आएको आयात–निर्यातलाई सहज बनाउन भारतले वीरगन्जको अर्लौ र सिर्सिया तथा सीमावर्ती भारतीय क्षेत्र रक्सौलमा दुवैतिर एकै प्रकारका भौतिक संरचना निर्माण गरिएको हो । भारतले नेपालको लागि वीरगन्ज अलौसिर्सियामा १ अर्ब ३९ करोड रुपैयाँको लगानीमा आईसीपी बनाइदिएको हो । आईसीपी सञ्चालनमा आएपछि नेपाल र भारतबीचको व्यापार सहज हुनुका साथै राजस्व चुहावट नियान्त्रण हुँदै आएको छ ।

अरू सुक्खा बन्दरगाहको अवस्था
नेपालतर्फको निर्माण नै नथाली भारतले एकतर्फी रूपमा जोगबनीमा २०७३ मार्गदेखि एकीकृत भन्सार चेकपोस्ट सञ्चालनमा ल्याएको छ । तर, विराटनगर भन्सार नजिक रेल परीक्षणका रूपमा मोरङको बुद्धनगरसम्म भन्सार चौकी निर्माणस्थलमा २०७५ असोजमा रेल आएको छ, तर बुधनगरमा भारतले नेपालका लागि निर्माण गर्ने भनिएको नेपालतर्फको चेकपोस्टको कार्य २०७३ मार्गसम्म सुरु हुन सकेको थिएन । बथनाह–कटहरी रेलमार्गअन्तर्गत एकीकृत भन्सार जाँच चौकी अर्थात् आईसीपी नजिकको स्टेसनमा मालवाहक रेल आइपुगेको हो । उक्त रेल भारतको बथनाहदेखि नेपालको कस्टम यार्डसम्म आएको हो । उक्त रेल भविष्यमा कटहरीसम्म पुग्नेछ । कोलकाताबाट नेपाल जोड्ने सिधा रेलमार्ग नहँुदा ढुवानी लागत बढेको गुनासो गर्ने नेपाली उद्योग–व्यवसायीलाई मालवाहक रेल सञ्चालनमा आएसँगै सामान आयातमा सहज हुने बताइन्छ । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न पाँच स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारी भएको थियो । समझदारीअनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याउनुपर्ने भए पनि २०१८ बित्न लाग्दा बुद्धनगरसम्म मात्र परीक्षणका रूपमा रेल आइपुगेको छ ।
भारतले नयाँ चौकीमा भन्सार सारेपछि नेपालतर्फ निर्माण नै नभएकाले उद्योगी–व्यवसायी सामान लोडअनलोड गरी चालू विराटनगर भन्सारसम्म ल्याउँदा थप लगानी र झन्झट बेहोर्नु कि भन्ने विचार राखेका छन् । भारतको एकीकृत भन्सार चौकी जोगबनीमा निर्माण गरिसकेको छ । तर, नेपालतफैको चौकीको काम सकिएको छैन । नेपालतर्फको निर्माण अवस्थाको आईसीपी सम्पन्न भए विराटनगरसम्म सोझै रेल र सडकबाट औद्योगिक तथा व्यापारिक सामान ढुवानी सहज र लागत कम हुनेछ ।
चोभारस्थित हिमाल सिमेन्टको जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल र फ्रेट स्टेसन अर्थात् सुक्खा बन्दरगाह बनाउने निर्णय २०७१ फागुनतिर भए पनि हालसम्म पनि यसतर्फ कार्य अगाडि बढेको छैन ।
तेस्रो देशसँगको व्यापारलाई थप बन्दरगाहको प्रयोग सुदूर पश्चिम सुक्खा बन्दरगाह, गैरभन्सार अवरोधलाई नेपालले नेपालले उठाउँदै आएको छ । साथै, महेन्द्रनगरमा सुक्खा बन्दरगाहको निर्माणका लागि भारतीय सहयोग मागिँदै आएको छ । कञ्चनपुरको दोधारा–चाँदनीमा २०७३ मार्गमा सुक्खा बन्दरगाह निर्माण कार्य गर्ने भनिए पनि हालसम्म केही कार्य अगाडि बढेको छैन ।
भारतले वाल्मीकि नगर र नेपालको कोसीनजिक आफ्नोतर्फ गंगा नदी किनारमा जहाज परीक्षण रूपमा ल्याइसकेको र भारतले कोलकाता र बनारसबीच जहाज चलाइसकेकोले नेपालले ती क्षेत्र नजिक नेपालको कोसी र गण्डकी नदी किनारमा सुक्खा बन्दरगाह र औद्योगिक क्षेत्र बनाउँदै आउनुपर्ने थियो । सामान्यतया सुक्खा बन्दरगाह त हवाई मैदान, नदी किनार र समुद्री किनारमा बन्दै जान्छ । तर, नेपालमा पहाडको कुनाकन्दरामा सुक्खा बन्दरगाहको कल्पना त व्यवहारमा नै माग गर्दै आएको देखिन्छ ।

एकीकृत जाच चौकी निर्माण अलपत्र
नेपाल र भारतका सहयोग र समझदारीमा बन्ने जाँच चौकीलगायत अन्य आयोजनाहरू सम्पन्न गर्न समस्या आएमा दुई देशको केन्द्रीय तहमा नै छलफल तथा समाधान हुँदै आउनुपर्ने हो । सुनौली–भैरहवा नाकामा निर्माणधीन एकीकृत जाँच चौकी अर्थात आईसीपी २०७४ वैशाखसम्म पनि अलपत्र परेको बताइएको थियो । भैरहवा भन्सारको भौतिक व्यवस्थापनको जिम्मा लिएको इन्टरमोडल यातायात विकास समितिले वीरगन्जमा जस्तो कन्टेनर रेलको प्रयोगबिना नै भैरहवा सुक्खा बन्दरगाहको प्रयोगमा ल्याएको छ । दुई देशबीच हुने आयात तथा निर्यातलाई सहजीकरण गर्न २०६४ सालतिर भारत र नेपाल सरकारबीच एकीकृत जाँच चौकी निर्माण गर्ने सम्झौता गरिएको थियो । आयोजनासम्बन्धी केही वर्षअघि देखि आयोजनास्थलमा कुनै पनि निर्माण कार्य र गतिविधि भएका देखिँदैनन् । विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगञ्ज नाकामा भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा आईसीपी निर्माण गर्ने सहमति भएको थियो । तर, एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले आईसीपी निर्माण हुने स्थललाई जिरो माइल बनाएर भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्रलार्ई जोड्दै स्तरीय बाइपास सडकको निर्माण सम्पन्न भइसकेको छ । बाईपास सडक निर्माण गर्नुको मुख्य उद्देश्य नै विशेष आर्थिक क्षेत्रबाट भारत निर्यात हुने वस्तुलाई एकीकृत जाँच चौकीमा पु¥याउनु र भारत हुँदै आयातित सामानलाई अलग्ग सडकबाट सहज रुपमा ढुवानी गराउनु नै हो ।
सिमाना वारिपारि रहने दुवै देशका यस्ता चौकीको परिसरमै भन्सार, अध्यागमन, पशु र प्लान्ट क्वारेन्टाइन, भन्सार, प्रयोगशाला बैंकलगायतका सुविधा एउटै स्थलबाट उपलब्ध हुने व्यवस्था गरिएको छ ।

निर्यातमा समस्या, सुझाव तथा निष्कर्ष
सीमावर्ती नाकाभन्दा केही टाढा भारतीय भूमिमा पर्ने बाढीका कारण क्षतिग्रस्त पुल तथा अन्य अवस्था पूर्ण रूपमा मर्मत हुन नसक्दा नेपालको आयात तथा निर्यातमा असर हुने गरेको छ । यस्तो अवस्थामा रिरुट अर्थात् नाका परिवर्तन गरी ल्याउँदा ढुवानी भाडा महँगो पर्ने, ल्याइएका सामान बिग्रन सक्ने जस्ता समस्या हुने गरेको बताइन्छ । कोलकाता बन्दरगाहबाट नियमित तथा परीक्षणका रूपमा मालवाहक रेल नेपाली सीमानजिक ल्याइए पनि नियमित सञ्चालन हुन समय लाग्दै आएको देखिन्छ । यस्ता परीक्षणका रूपमा गरिएको सञ्चालनका क्रममा देखिएको असजिला र त्रुटिहरूलाई व्यवस्थापन हुन केही समय लाग्दै आएको देखिन्छ । यस्तो अवस्थामा नेपाली व्यवसायीका मानसिकतामा नाकाबन्दीको आभास पस्न सक्छ ।
वीरगन्जको आईसीपी सञ्चालनमा आएपछि देशको आर्थिक कारोबार बढेर र निर्माणधीन वीरगन्ज–पथलैया ६ लेनको सडक, सिमराको विशेष आर्थिक क्षेत्र, निजगढ विमानस्थलसमेत भविष्यमा निर्माण भएर सञ्चालनमा आएपछि सुक्खा बन्दरगाह र आईसीपीमा आयात–निर्यात बढेर वीरगन्ज आर्थिक हबका रूपमा स्थापित हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्