सबै सवारीसाधन सञ्चालनका लागि व्यवसायीको दबाव «

सबै सवारीसाधन सञ्चालनका लागि व्यवसायीको दबाव


नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णय कुर्ने भएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधिसहितको बैठकमा यस्तो सहमति भएको हो ।

असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ भन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन गर्न अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ति जारी गरी गरेर सवारी साधन सम्बन्धी निर्णय खारेज गर्न माग गरेका थिए ।
आफूहरुका माग सम्बोधन नभए नभए स्वतस्फूर्त रुपमा असार १८ गतेदेखि देशव्यापी रुपमा सबै सवारी साधन सञ्चालन गर्ने व्यवसायीले चेतावनी समेत दिएका थिए ।

सोही विषयमा बिहीबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सीसीएमसी, मातहततका निकाय, स्वास्थय मन्त्रालय तथा जिल्लास्तरमा पनि समन्वयन गर्नुपर्ने भन्दै निर्णयका लागि ४ दिनको समय मागेका थिए ।
प्रमुख जिल्ला अधिकारीले केही समय मागेकाले आफूहरु तत्कालका लागि १८ गतेदेखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।


अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले छलफलमा २१ गतेसम्म सरकारी निर्णयलाई पर्खिने सहमति भएको जानकारी दिए । २१ गते पनि आफूहरुको पक्षमा निर्णय नभए २२ गतेदेखि सवै सवारीसाधन सञ्चालन गर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा जारी गरेको निषेधाज्ञाको बिहीबार ६३ दिन पुगिसकेको छ । २५ सिट भन्दा कम क्षमता भएका सवारी साधन सञ्चालन गर्ने व्यवसायी तथा कार्यरत मजदुरले आफूहरुको समस्यालाई सरकारले सम्बोधन नगरेको भन्दै २५ सिट भन्दा धेरै सिट क्षमताका सवारी साधन सञ्चालनका लागि दिएको अनुमतिको विरोध गर्दै आएका छन्

प्रतिक्रिया दिनुहोस्