एनआरएनएको आगामी निर्वाचनका लागि समिति गठन «

एनआरएनएको आगामी निर्वाचनका लागि समिति गठन

गैरआवासिय नेपाली संघ (एनआरएनए) ले आगामी असोजमा हुने निर्वाचनका लागि समिति गठन गरेको छ ।


एनआरएनएको ३६ औं अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकको निर्णय अनुसार संघका अध्यक्ष कुमार पन्तले यही आउने अक्टोवर महिनामा हुने १०औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने संघको पदाधिकारीहरुको निवार्चन सम्पन्न गर्न निर्वाचन समिति गठन गरेका हुन् ।


संघको विधानको उपदफा २१.१ मा प्रावधान भए बमोजिम निर्वाचन समिति गठन गरिएको हो । निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता लिलामणी पौड्याल प्रमुख निर्वाचन आयुक्त, संरक्षक राम प्रताप थापा सदस्य, डा. गणेश गुरुङ, सदस्य, डा. देवकाजी डंगोल सदस्य, चिरिञ्जवि ढकाल सदस्य, युके डा. विष्णुमायां परियार सदस्य र भूषण घिमिरे सदस्य सचिव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्