मेयर जमानी बसेर घाइते युवाको उपचार «

मेयर जमानी बसेर घाइते युवाको उपचार


रुखबाट लडेर गम्भीर घाइते भएका लमजुङका एक युवाको उपचारका निम्ति अस्पतालमा मेयर जमानी बसेका छन् । मध्यनेपाल–१, साविक जिताका ३२ वर्षीय सन्तोष न्यौपानेको उपचारका निम्ती सोही नगरपालिका प्रमुख रमेशकुमार पाण्डे अस्पतालमा जमानी बसेका हुन् ।


पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि पुर्याइएका न्यौपानेको खर्च अभावका कारण उपचारमा समस्या भएपछि नगर प्रमुख पाण्डे अस्पताल पुगेर उपचारको निम्ति पहल गरेका हुन् । नगर प्रमुख पाण्डेले उपचारका निम्ति खर्च व्यवस्थापन गर्ने जिम्मा लिएपछि न्यौपानेको उपचार सुरु भएको हो ।


घाँस काट्ने क्रममा रूखबाट लडेर गम्भीर घाइते भएका न्यौपानेलाई उपचारको निम्ति स्थानीय दुईपिप्ले अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि पोखरा लगिएको थियो । परिवार स्रोतकाअनुसार न्यौपानेको ढाड भाँचिएको छ भने शरीरका अन्य भागहरूमा पनि चोट लागेको छ । ढाड भाँचिएर शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि खर्च अभाव भएपछि न्यौपानेको परिवार तड्पिएको थियो ।


न्यौपाने रुखबाट लडेर घाइते भएसँगै मध्यनेपाल–१, वडा कार्यालयले एम्बुलेन्सको व्यवस्थापन गरेको थियो । स्थानीय छिमेकीहरूले पनि न्यौपानेको उपचारको निम्ति ५० हजार रकम संकलन गरी पठाएकामध्य नेपाल वडानम्बर १ का अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
नगर प्रमुख आफंै अस्पताल पुगेर उपचार खर्च व्यवस्थापन गर्ने जमानी बसेपछि घाइते न्यौपानेको अहिले गण्डकी मेडिकलकलेजमा उपचार भइरहेको छ । हाल न्यौपानेको शल्यक्रिया भइसकेको छ भने अन्य थपउपचार जारी रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्