कालिकोटका अग्नी पीडितलाई ५ लाख «

कालिकोटका अग्नी पीडितलाई ५ लाख

सुर्खेत– कालिकोटको पलाता गाउँपालिका–१ न्यौपानेखाडाका आगलागी पीडितलाई कर्णाली प्रदेश सरकारले घर बनाइदिने भएको छ । शुक्रबार बसेको प्रदेश सरकारको बैठकले उक्त निर्णय गरेको हो । सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार अग्नी पीडितको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका साथै प्रतिघरपरिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सरकारले पीडित परिवारको पुनःस्थापनाका लागि अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रम संचालन गर्ने भएको छ । आवास निर्माणमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी संघ संस्था र व्यक्तिलाई प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल गर्ने समेत निर्णय गरेको मन्त्री केसीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्