जनताको अपेक्षा अनुरूपको शासन सत्ता सञ्चालनको वातावरण बनाउन आवश्यक : निधि «

जनताको अपेक्षा अनुरूपको शासन सत्ता सञ्चालनको वातावरण बनाउन आवश्यक : निधि

नेपाली कांग्रेस, उपसभापति, विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कसैलाई छोड्नका लागि र कुनै स्वार्थ समूहसँगको सौदाबाजीका लागि आफूले सभापतिमा उम्मेदवारी घोषणा नगरेको स्पष्ट पारेका छन् । उपसभापति निधिले आफ्नो उम्मेदवारी कसैलाई छोड्नका लागि नभएको बताए । पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा सभापति उम्मेदवारमा सहमति जुटाउन छलफल र परामर्शलाई तीव्रता दिएका निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षणका लागि र पार्टीभित्रको गुट उपगुटको अन्त्यका लागि आफूले पार्टीको नेतृत्व लिन चाहेको बताए । पार्टीले गर्न बाँकी रहेका कामहरूलाई आफ्नो अगुवाईमा सम्पन्न गर्ने गरी १३ औं महाधिवेशनका पदाधिकारीले सहयोग गरून् भन्ने आफ्नो चाहना रहेको उपसभापति निधिले बताए ।
उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको रूख छापलाई जिताउनु नै आफ्नो प्रमुख उद्देश्य र कर्तव्य रहेको स्पष्ट पारे । नेपाली कांग्रेस वैचारिक र सांगठनिक रूपमा प्रष्ट र सक्षम हुँदै एकढिक्का भएर नेपाली जनतामाझ जान आवश्यक भएको भन्दै उनले त्यसपछि वर्तमान अवस्थामा देखिएका विविध क्षेत्रका विकृति हटाएर जनताको अपेक्षा अनुरुपको शासन सत्ता सञ्चालनको वातावरण बनाउन आवश्यक रहेको र त्यसको नेतृत्व गर्न आफूले चाहेको स्पष्ट पारे । उनले सत्तापक्ष र सरकारको वर्तमान शासन सञ्चालन प्रणाली र संविधानप्रति पनि इमान्दार नरहेको भन्दै उहाँले प्रणालीको रक्षा र प्रबद्र्धनका लागि कांग्रेस सशक्त भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । प्रस्तुत छ नेता निधिसँग गरेको अन्तर्वार्ताको सार :

महाधिवेशन केन्द्रित गतिविधि कसरी अघि बढेका छन् ?
नेपाली कांग्रेसको महाधिवेशन धेरै पहिले हुनुपर्ने हो । ढिलो भए पनि भदौ १६,१७ र १८ गतेका लागि तोकेका छौँ । महाधिवेशन हामीले गर्नैपर्ने हुन्छ । कोरोनाले गर्दा धेरै अवरोध आइरहेको छ । जिल्ला–जिल्लामा जानुपर्ने धेरै सार्थीहरूसँग भेट गर्न सकिरहेको छैन । कोरोनाको कारणले मैले गर्न सकिरहेको छैन । धेरै साथीहरूले गर्न सकिरहनुभएको छैन । त्यसको बाबजुद मैले टेलिफोन गरेर ७७ वटै जिल्ला सभापतिहरू, १ सय ६५ संसदिय निर्वाचन क्षेत्र सभापति, पुरानो २ सय ४० जना महाधिवेशन प्रतिनिधिहरूलाई तथा संगठनका नेताहरू सबैसँग मैले फोनबाट म उम्मेदवारी दिन चाहन्छु । तपाईंहरूको सहयोग चाहिन्छ भनेको छु । त्योभन्दा अगाडि पार्टी सभापति शेरबहादुर देउवाज्यूलाई नै भनेको थिएँ । रामचन्द्र पौडेलजी, सिटौलाजी, प्रकाशमानजी, शशांकजीलगायत सबैलाई र केन्द्रीय समितिको साथीहरूलाई मैले सरसल्लाह गरेकै हुँ । प्राय सबैले मेरो उम्मेदवारीलाई सकारात्मक दृष्टिकोणले लिनुभएको थियो । छ पनि ।

केही दिनअघि भएको तीन जना शीर्ष नेताको भेटबारे चासो बढेको छ । तपाईंको निवासमा भएको भेटपछि त विमलेन्द्र निधिले अर्को एउटा समूह खडा गर्नुभयो भन्ने पनि छ । तीन जनाको भेट आफैंमा सामूहिक सौदाबाजीमा लागेको हो कि ? अर्को एउटा स्वार्थ समूहका लागि हो कि ? पार्टीभित्र अर्को एउटा गुट जन्मदै छ कि भन्ने पनि आशंका बढेको छ । यसलाई कसरी प्रष्ट पार्नुहुन्छ ?
नेपालको राजनीतिमा विश्लेषण मात्रै होइन अति विश्लेषण गर्ने बानी छ । फेसन पनि छ । स्वार्थ समूह पनि होइन । अर्को नयाँ गुट पनि होइन । केही पनि होइन । म पनि नेपाली कांग्रेसको दलीय राजनीतिमा, संगठनात्मक राजनीतिमा आजदेखि छैन । त्योभन्दा पहिला म विद्यार्थी संगठनमा थिएँ । लोकतान्त्रिक आन्दोलनको प्रक्रियामा (दरबारमा) हामी जेल गएका थियौं । म पनि जेल गएको थिएँ । त्यसकारणले मैले नेपाली कांग्रेसको नेतृत्वका लागि जब आफूलाई प्रस्तुत गर्छु, त्यसमा स्वाभाविक हुन्छ शेरबहादुरजी, रामचन्द्रजी, सिटौलाजीसँग पनि भेट्ने । प्रकाशमानजी, शशांकजीसँग पनि भेट्ने । प्रकाशमानजी पनि आजै राजनीतिमा लाग्नुभएको होइन । प्रकाशमानजी त पूर्वउपसभापति पूर्वमहामन्त्री भईसकेको मान्छे हो । योभन्दा पहिला पनि भेटघाट गरेकै हो । शशांकजी राजनीतिमा ढिलो आए पनि उहाँ त निर्वाचित महामन्त्री हो नि । नवलपरासीबाट त तीनपटक निर्वाचित सांसद हुनुहुन्छ । त्यसकारण म आफूलाई सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत गरिरहँदा म पहिलो कोशिष गर्छु सर्वसम्मति बन्नका लागि । सबैको तर्फबाट र्निविरोध सभापति बन्नु भन्ने चाहना हुनु स्वाभाविक हो नि त ।
त्यसका लागि म घरमै बसेर हुन्छ र ? मैले सबैसँग भेट्नुपर्छ । मैले प्र्रकाशमानजी र शशांकजी सँगमात्रै भेटेको भए एउटा कुरा हो । शेरबहादुर जीसंग भेटेको छु । रामचन्द्रजीसँग भेटेको छु । सिटौला जीसंग भेटेको छु । प्रकाशमानजी र शशांकजीसँग पनि भेट्दा लञ्च मिटिङचाहिँ भयो । पहिले–पहिले डिनर मिटिङ हुन्थ्यो । अहिले पनि भएका छन् । तपाईहरूको ध्यान त्यतापट्टि गएन । अहिले प्रकाशमानजी, शशांकजी र मैले राजनीतिमा पदाधिकारी भइसकेका हौं । नयाँ प्रवेश गरेको होइन । नयाँ आएको होइन । हामी हैसियतमा छौ । हैसियत भन्नाले एउटा भूमिकामा जिम्मेवारीमा छौं । हामी जिम्मेवारीमा भएकाले सामूहिक रूपमा भूमिका निर्वाह गर्न सक्छौ कि र सामुहिक रुपमा नेपाली कांग्रेसलाई राष्ट्रिय राजनीतिको सन्र्दभमा युनाइटेड रूपमा प्रस्तुत गर्न सकिन्छ कि ? त्यो प्रयास गर्नु त हाम्रो कर्तव्य पनि त हो नि त । त्यसै अर्थमा लिनुपर्छ । यो कुनै नयाँ गुट निर्माण गर्नका लागि पनि होइन बरु गुटहरूको राजनीतिलाई भत्काउनका लागि सबैलाई समेटेर हामी हिँड्नुपर्छ है भन्नका लागि हो । त्यस अर्थमा लिनुपर्छ । सभापतिको उम्मेदवार भएपछि प्रकाशमान जीको घरमा नै गएँ । दुई पटक भेटेँ । म सभापतिको उम्मेदवार हुन्छु तपाईंको सहयोग चाहियो । भन्नुपरो नि त एक्लै आफैले त जितिदैन नि त । त्यस्तै शशांक जी को घरमा पनि गएँ । अरू नेताको घरमा पनि गएँ । उहाँहरू पनि उम्मेदवार भनेर आफुले प्रस्तुत गर्नुभएको छ । त्यसकारण उम्मेदवारहरूबीचमा छलफल हुनु त सामान्य कुरा हो नि । नेपाली कांग्रेस र देशको राजनीतिको बारेमा साझा धारणा बनाउन सकियोस् भनेर हामीले केन्द्रीय समितिका अन्य सदस्यहरूसंग पनि छलफल गर्दैछौं ।

कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रक्रिया जहिले पनि जटिल हुन्छ । हिजो पनि थियो आज पनि । कुनै न कुनै परिबन्धमा नेतृत्वमा आउनका लागि युवापंक्तिलाई रोकिने गरिन्छ । के यो महाधिवेशनले यस परिबन्धलाई तोडेर नेतृत्व हस्तान्तरण गर्न सक्छ ?
म तपाईंको प्रश्नको आसय र सिद्धान्तसँग सहमत छैन । नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणमा जहिले पनि जटिल छ भन्ने होइन । नेपाली कांग्रेस पार्टी नै यस्तो पार्टी हो, डेमोक्रेसीमा के भनिन्छ भने नि स्मुथ ट्रान्सफर अफ लिडरसिप भनेको देखिन्छ । कस्तो छ भनेर । नेपाली कांग्रेसमा स्मुथ ट्रान्सफर अफ लिडरसिप देखिन्छ । यो डेमोक्रेसिको ब्युटी हो । यो निर्वाचन प्रणालीबाट भइरहेको छ । बीपी कोइराकाले समयमा पनि निर्वाचन हुन्थ्यो । त्यसपछि त डेमोक्रेसी नै रहेन । जब डेमोक्रेसी रिस्टोर भयो नेपालमा, त्यसपछि गिरिजाप्रसाद कोइरालाजीले चुनाव लड्नुभयो र जित्नुभयो । सुशील पनि चुनाव लड्नुभयो, जित्नुभयो । शेरबहादुर चुनाव लड्नुभयो, जित्नुभयो । नेतृत्व प्रणालीबाट नेतृत्वको हस्तान्तरण गर्ने पार्टी यदि नेपालमा कोही छ भने त्यो नेपाली कांग्रेस पार्टी हो । नेपालमा मात्रै होइन भारतमा पनि देख्निँ म । त्यसकारण नेपाली कांग्रेसमा जहिले पनि नेतृत्व हस्तान्तरण प्रक्रिया जटिल हुन्छ भन्नेमा म सहमत छैन । नेपाली कांग्रेसको केन्द्रीय सभापति वा पदाधिकारीहरूको निर्वाचन ४-५ हजार महाधिवेशन प्रतिनिधिले गर्छन् । त्यो प्रतिनिधिहरू टीका लगाएर आएको होइन । निर्वाचन प्रणालीबाट तल्लो निकायबाट वडाबाट, वडाबाट पालिकामा, पालिकाबाट क्षेत्र र क्षेत्रबाट केन्द्रमा आउँछ । यसमा कसैले कसैलाई रोक्न सक्दैैन । जसले मतदाताको भोट पाउँछ, त्यो निर्वाचित हुन्छ । यो अन्ततः
महाधिवेशन प्रतिनिधिहरूमाथि निर्भर रहन्छ । महाधिवेशन प्रतिनिधिहरूलाई कसरी प्रभावित गर्ने , आफ्नो पक्षमा कसरी पार्ने भन्ने कुरा उम्मेदवारमा भर पर्छ । कसैले कसैलाई नलड भन्दैन नि त
कसैले जानी जानी फलानोको समर्थन पाईन भने म जित्न सक्दिनँ भनेर सोचेर आफैं उम्मेदवार नहुनु एउटा कुरा हो । तर, उम्मेदवार हुनका लागि कसैले कसैलाई रोक्दैन नेपाली कांंग्रेसमा । रोकेको पनि छैन । रोक्दैन पनि ।

मैले प्रक्रियाभन्दा पनि विधिको कुरा सोधेको थिएँ । वर्तमान सभापति हिजो गिरिजाप्रसाद कोइरालासँग लडेको, सुशील कोइरालासँग पनि लड्नुभयो अहिले आफैं पनि चासो देखाउँदै हुनुहुन्छ । मैले यसअर्थमा जटिल भो कि भनेको ।
निर्वाचन प्रणाली संसारमा लोकतन्त्रका लागि सबैभन्दा उत्तम उपकरण हो । निर्वाचन प्रणालीको पनि अवगुणहरू छन् । तर, वष्ट मोडलहरू मध्ये सबैभन्दा वेष्ट मोडल भनेको निर्वाचन प्रणाली नै हो । हम्रा राजनीतिक शास्त्रीहरूले पठाउनुभएको पनि त्यही हो र लेख्नुभएको पनि त्यही हो । नेपाली कांग्रेसको निर्वाचनको सम्बन्धमा पार्टी सभापति शेरबहादुर देउवाजीले लड्छु भनिसकेपछि नलड्नुस् भनेर अनुरोध गर्नु एउटा कुरा हो । अधिकार त हो नि उहाँले । हामीले के भन्छौ भनेदेखि शेर बहादुरजी, रामचन्द्र जी, सिटौला जी नलड्दिए हुन्थ्यो । १३ औं महाधिवेशनका कोही पनि नलड्दिए हुन्थ्यो भन्ने लागेको छ । लागेर मात्रै त भएन नि त । लड्छु भनेपछि नलड्नु है भन्न त मिल्दैन । त्यसकारण राजनीति नै जटिल हुन्छ । राजनीतिक चीज नै , क्षेत्र नै जटिल चीज हो । निर्वाचन प्रणाली पनि जटिल हो । निर्वाचन प्रणालीलाई सम्पन्न गर्न, सम्पादन गर्न जुन स्वभाविक जटिलताहरू छन्, त्यो जटिलताहरू त हामीले व्यहोर्नुपर्छ ।

लामो समय पार्टी सभापति देउवाको विश्वास पात्रका रूपमा भरोसा पनि दिनुभयो । उहाँलाई नै प्रतिस्पर्धीका रूपमा देख्दा भेट्दा अलिकति असहज त हुन्छ होला । यस्तो अवस्था आउँदा बिमलेन्द्र निधिले शेरबहादुर देउवालाई छोड्छन् भन्ने पनि छ नि ।
महत्वपूर्ण निर्णय मैले हचुवा र हतारमा लिन्न । मैले सभापतिमा लड्छु भनेको छोड्का लागि होइन । मैले सभापतिमा उम्मेदवारी दिएको मूल उद्देश्य के हो भने, शेरबहादुर देउवा रामचन्द्र जी १३ आंै महाधिवेशनका उम्मेदवार हुन् । उनले जति काम गर्नुपर्ने थियो । उहाँहरूले जति काम गर्नुपर्ने थियो देशको लागि पार्टीका लागि, गरिसक्नुभएको छ । उहाँहरूले अरू पनि काम गर्न बाँकी छ । फरक भूमिकामा उहाँहरूको सक्रियता हामीले अपेक्षा गरेका छौं । पार्टीको कार्यकारणीका रुपमा उहाँहरूले गर्न बाँकी रहेका कामहरू मेरो अगुवाईमा होस् भन्ने चाहना हो । मेरो चाहाना के हो भने ढिलो चाडो मुलुकमा जे–जे हुन्छ, आमचुनाव, प्रतिनिधिसभाको निर्वाचन प्रदेशसभाको निर्वाचन, स्थानीय तहको निर्वाचन । प्रमुख रूपमा प्रतिनिधिसभाको निर्वाचन हो । प्रतिनिधिसभाको निर्वाचन जहिले हुन्छ त्यसमा नेपाली कांग्रेसको रूख छापलाई चिताउनु आवश्यक छ । नेपाली कांग्रेसको सदस्यको हैसियतले मेरो कर्तव्य त्यो हो । मैले पहिलेभन्दा बढी जिम्मेबार भएर नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा जिताउनुपर्छ । जनता र मतदाताको बीचमा नेपाली कांग्रेसलाई यसरी तयार गरौ, आम मतदातालाई लागोस् नेपाली कांग्रेस एक भएर आएको छ । नेपाली कांग्रेस ताजा भएको आएको छ । नेपाली कांग्रेस सक्षम भएर आएको छ । नेपाली कांग्रेस बैचारिक रुपमा पनि प्रष्ट भएर आएको छ, सांगठनिक रूपमा पनि प्रस्ट भएर आएको छ र नेपाली कांग्रेसले यो देशमा अहिले भाँडभैलो भइरहेको छ सबै क्षेत्रमा–राजनीतिक क्षेत्र, व्यावसायिक क्षेत्र, सामाजिक क्षेत्र, अन्तराष्ट्रिय सम्बन्धको क्षेत्र, उद्योग व्यवसायको क्षेत्रमा ।
नेपालमा धेरैको बलिदान भएर दुईवटा संविधानसभाको निर्वाचनमार्फत देशमा राज्यको पुनर्संरचना गरेका छौं । रूपान्तरण गरेका छौं । संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशीता, धर्मनिरपेक्षता, यी सब निर्वाचन प्रणाली यो अहिलेको हामीले ल्याएको नयाँ प्रणालीको प्रमुख तत्वहरूको रुपमा रहेछ । हामीले संविधान जारी गर्यौ । गएको तीन वर्षदेखि के देख्दै छौं भने सत्तापक्ष र सरकारको प्रणालीप्रति पनि इमान्दारिता छैन । संविधानप्रति पनि इमान्दारिता छैन ।
हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको रक्षा र सफल कार्यान्वयन गर्नु अहिले कुनै पनि राजनीतिक दलको जिम्मेवारी हो । अरु राजनीतिक दलले त्यो जिम्मेवारी निर्वाह गर्न सकेन । जनताले जिताएर जसलाई पठाईदियो प्रयोगशालाबाट देखि सकियो उनीहरूले त्यो जिम्मेवारी पूरा गर्न सकेन । अब त्यो जिम्मेवारी नेपाली कांग्रेसको हो । त्यसकारण नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षण गर्नु, त्यसको स्वामित्व लिनु, त्यसलाई अझै सम्बद्र्धन गर्दै लगेर सफल कार्यान्वयन गरेर जनता र देशको हितमा कार्यासञ्चालन गर्नु आवश्यकता छ । त्यो आवश्यकता पूरा गर्नका लागि म नेपाली कांग्रेसको सभापति को उम्मेवारका रूपमा प्रस्तुत गरेको छु । त्यसकारण छोड्नका लागि कोही अरुसंग सम्झौता गर्नका लागि वा तपाईंले भनेजस्तो स्वार्थ समूह केही पनि होइन । मेरो एक मात्रै उद्देश्य त्यही हो । त्यसैका लागि मात्रै हो मेरो उम्मेदवारी ।

हामीले सभापतिमा निधिको औपचारिक उम्मेदवारी त्यसमा पनि समूहगत उम्मेदवारीको जानकारी कहिले पाउँछौं ?
पहिला हामी सबै महाधिवेशन प्रतिनिधि भएर आउनुप¥यो औपचारिक रूपमा । कांग्रेसको उम्मेदवार र मतदाता बन्नका लागि महाधिवेशन प्रतिनिधि बन्नै पर्छ । महाधिवेशन प्रतिनिधि चयन भइसकेपछि मात्रै टिम बनाउने हो । मेरो टिमको उपसभापति, महामन्त्री को हुने भन्ने अनौपचारिक छलफल मैले पनि गरिरहेको छु । बाहिर ल्याएको छैन । ल्याउनु जरुरी पनि छैन । उपयुक्त समय आएपछि ल्याउँछु ।

मुलुकको शासकीय प्रणालीअनुरूप पार्टीको विधान पनि भरखरै परिवर्तन भएको छ । संघीय स्वरूप र समावेशीताको हिसाबले महिला जनजाति, दलित लगायतको सहभागिताको सन्दर्भमा अरूभन्दा भिन्न के छ ?
हाम्रो नेपालको समाज विविधताले भरिएको समाज हो । विविधताको पहिचान गर्ने हो भने अहिले थरिथरीको विविधता छ । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, भौगोलिक विवधताहरू छन् । विविधताहरूलाई पहिचान गरेर स्वीकार गर्नुपर्छ । नेपालका लागि कुनै पनि विकासको योजनाहरू बनाउने क्रममा यसलाई ध्यानमा राख्नुपर्छ । यसलाई समस्या हो भनेर नकारात्मक भावना राखेर सोच्ने हो भने फेरि पनि अग्रगामी दिशामा जान सकिँदैन । विविधताचाहिँ हाम्रा लागि सम्पत्ति हो । पुँजी हो । यो बरदान हो ।
यी विविधताहरूलाई हामीले शान्तिपूर्ण समृद्धिका लागि, विकासको लागि प्रयोग गर्न सक्छौं । त्यसका लागि हामीले राज्यको संरचना कसरी निर्माण गर्न सक्छौं । ती सबै कुरालाई सोचेर गर्नुपर्छ । सबै विविधताले शासन प्रणालीमा हाम्रो प्रतिनिधित्व छ भनेर अनुभूत गर्नुपर्छ । हामी पनि छौं । हाम्रो पनि ठाउँ छ । उसले शासन प्रणालीमा आफ्नो प्रतिनिधित्व देख्यो भने अनि न अपनत्व हुन्छ । त्यसकारणले म राज्यको निर्माण गर्दा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायत सबै ठाउँमा विविधताहरूको प्रतिनिधित्व हुनुपर्यो । सबै विविधताको पहिचान, प्रतिनिधित्व र स्वामित्वको बोध गराउनुपर्छ । त्यो प्रणालीलाई व्यवस्थित गर्नका लागि जारी भएको संविधान । यो संविधान पनि हाम्रो हो है भनेर सबै विविधताले महसुस गर्छ । यो सिद्धान्त र पद्धतिमाथि आधारित भएर हामीले समावेशीताको कुराहरू गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्