सिन्धु विकास बैंक र फिनिक्स क्यापिटलबीच सम्झौता «

सिन्धु विकास बैंक र फिनिक्स क्यापिटलबीच सम्झौता

सिन्धु विकास बैंकबाट सेवा लिन चाहने सबै ग्राहकहरूले फिनिक्स क्यापिटलद्वारा सञ्चालित डिजिटल मार्केट प्रणाली कर्जाबजार डटकमअन्र्तगत प्रदान गर्ने सम्पूर्ण सेवा सुविधा प्राप्त गर्न सक्ने जनाएको छ । सिन्धु विकास बैंकका सेवा सुविधा लिन चाहने जोसुकै व्यक्तिलाई फिनिक्स क्यापिटलका विशेषज्ञ कर्मचारीहरूले बैंकका सेवा सुविधाहरूको बारेमा जानकारी दिने, उपयुक्त सेवा सुविधा छनोट गर्न तथा बैंकलाई आवश्यक पर्ने कागजात तथा कर्जा प्रस्ताव निर्माण गर्न सहयोग गर्ने भन्दै कर्जाबजार डटकम नेपालको पहिलो र एकमात्र डिजिटल कर्जा बजार रहेको र सिन्धु विकास बैंक यस बजारमार्फत पनि आफ्नो सेवा सुविधा प्रदान गर्ने पहिलो विकास बैंक बनेको पनि जनाएको छ । यसअघि स्टयान्र्डड चार्टड बैंक र एनएमबी बैंकले पनि कर्जाबजार डटकमसँग सम्झौता गरिसकेका र यस सम्झौताबाट ग्राहकहरूलाई सिन्धु विकास बैंकबाट घर कर्जा, व्यक्तिगतकर्जा, व्यापारिक कर्जा, सेयर कर्जालगायत अन्य सम्पूर्ण कर्जा सुविधाप्राप्त गर्न थप सहयोग पु¥याउने बैंकले विश्वास लिएको छ । सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र फिनिक्स क्यापिटलकातर्फबाट प्रमुख सञ्चालन अधिकृत विकल चौलागाईंले हस्ताक्षर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्