सानिमा बैंकको निःशुल्क आँखा शिविर «

सानिमा बैंकको निःशुल्क आँखा शिविर

 संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सानिमा बैंक लिमिटेडको पोखरास्थित न्युरोड र बगर शाखाले शनिबारका दिन पोखरा मानपा–२०, भलाम स्थित महेन्द्र माध्यमिक विद्यालयको हातामा हिमालय आँखा अस्पतालको प्राविधक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको जनाएको छ । उक्त शिविरको उद्घाटन पोखरा मानपा–२०, कास्कीका वडा अध्यक्ष सिमबहादुर गुरुङले गरे ।
पोखरा क्षेत्रका लागि बैंकका क्षेत्रीय प्रबन्धक भाबुक तण्डुकारले उद्घाटन सामारोहमा शुभकामाना मन्तब्य व्यक्त गर्दै बैंकले आगामी दिनहरूमा पनि स्थानीयलाई सहयोग गर्ने जानकारी दिए ।
शिविरमा भलाम र मौजाका ३ सय स्थानीयवासीको आँखापरीक्षण गरिनुका साथैसहभागी २ सय जना बिरामीलाई निःशुल्क औषधी र चश्मा वितरण गरियो । साथै ७ जना मोतिया बिन्दुका बिरामीलाई थप उपचारकालागि हिमालय आँखा हस्पीटलमा सिफारिस गरियो । सानिमा बंैकको हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा एटीएम छ ।

प्रतिक्रिया दिनुहोस्