सानिमा इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सम्झौता «

सानिमा इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सम्झौता

काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच शुक्रबार बैंकास्योरेन्स सम्झौता भएको छ । एक समारोहोकाबीच सम्पन्न उक्त कार्यक्रममा सानिमाका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
उक्त अवसरमा सानिमा लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक केशवराज केसी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको उपस्थिति रहेको भन्दै कम्पनीले सम्झौता अनुसार ग्राहकहकहरूले एनआईसी एसिया बैंकका २७८ वटै शाखाहरूबाट सानिमा लाइफ इन्स्योरेन्सको प्रविधियुक्त आधुनिक स्तरको उत्कृष्ट जीवन बिमा सेवा उपभोग गर्न सक्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्