मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम «

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम

 मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आफ्नो तेह्रौं वार्षिकोत्सवको अवसरमा कोटेश्वर पब्लिक स्कुल, कोटेश्वर काठमाडौंका नर्सरीदेखि कक्षा तीनसम्मका ६० जना विद्यार्थीलाई स्टेश्सनरी सामग्री वितरण गरेको छ ।
विकास बैंकले वार्षिकोत्सवको अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्ने योजना राखेको भन्दै बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम आइतबारबाट सुरु गरेको पनि जनाएको छ । यही अवसरमा बैंकले आफ्नो १०० औं शाखा लामाचौर, कास्कीमा सञ्चालन गरेको पनि बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ बताए ।

 

प्रतिक्रिया दिनुहोस्