अर्गली एनसीसी बैंकको शाखा «

अर्गली एनसीसी बैंकको शाखा

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पाल्पा जिल्ला तानसेन नगरपालिका–१४ अर्गलीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले शनिबार एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरे । उक्त अवसरमा रुरु संस्कृत विद्यापिठका प्राचार्य लिलामणी शर्मा, उद्योग वाणिज्य संघ पाल्पाका सदस्य विष्णु न्यौपाने र तानसेन नपा–१४ का वडा अध्यक्ष कमल रानाले शुभकामना व्यक्त गरेका थिए । यस्तै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले अध्यक्षता गरेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तव्य व्यक्त गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्