ग्रेटवाल मोटर्सका विभिन्न मोडल नेपालमा «

ग्रेटवाल मोटर्सका विभिन्न मोडल नेपालमा

ग्रेटवाल मोटर्सका पीकअप भ्यान नेपाली बजारमा प्रवेश गरेको छ ।
विश्व विख्यात अटोमोबाइल ब्राण्ड ग्रेटवाल मोटर्स आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । ग्रेटवाल मोटर्सका ब्राण्डले आफ्नो प्रिमियम उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुन थालेका हुन् ।
ग्रेटवाल मोटर्सका एसयूभी वर्गका हाभाल एच ६ र हाभाल जोलिन र पीकअप भ्यान नेपाली बजारमा प्रवेश गरेको कम्पनीले जनाएको छ । यी दुवै मोडलका गाडीको डिजाइन आकर्षक रहेको र सुरक्षाका दृष्टिकोणले पनि भरपर्दो रहेको कम्पनीको दावी छ ।
नेपालको लागि ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता रहेको भिजी इम्पेक्स प्रालिसँग कार ब्रान्ड सम्बन्धि विशेष अनुभव रहेको कम्पनीको दावी छ । ग्रेटवाल मोटर्सले नेपालमा दीर्घकालीन व्यापार रणनीति अनुसरण गर्दै नवीन उत्पादनहरु मार्फत प्रतिस्पर्धात्मक वातावरण बनाउन सघाउ पु¥याउने जनाएको छ । यस्तै कम्पनीका उत्पादनहरु नेपालको भौगोलिक बनौट अनुसार सेवा दिन उपयुक्त रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्