उवासंघ कनकाईमा लोकतान्त्रिकको प्यानल विजयी «

उवासंघ कनकाईमा लोकतान्त्रिकको प्यानल विजयी

झापा- कनकाई उद्योग वाणिज्य संघ सुरुंगा झापाको निर्वाचनमा लोकतान्त्रिकको प्यानल विजयी भएको छ ।
निर्वाचनको अन्तिम मतगणना अध्यक्षमा लोकतान्त्रिक प्यानलका त्रिलोचन चिमरिया सहितको सिंगो प्यानल नै विजयी बनेको हो । वरिष्ठ उपाध्यक्षमा वाम प्यानलबाट सोमनाथ उप्रेती निर्विरोध भएका थिए ।
चिमरिया ७ सय २७ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी नेपाल प्रगतिशीलका उम्मेद्वार मिनाल तिम्सिनाले ५ सय ११ मत प्राप्त गरे । चिमरियाले तिम्सिनालाई २ सय १६ मतअन्तरले पराजित गरेका हुन् । यसैगरी वाणिज्य उपाध्यक्षमा कांगे्रस प्यानलकै अर्जुन बोहोरा ६ सय ५३ मतले विजयी भए । वाम प्यानलबाट उठेका कृष्ण चुडालले ५ सय ५६ मत ल्याए ।
उद्योग उपाध्यक्षमा पुण्यप्रसाद सिटौलाले ६५४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी अनिल गोयलले ५ सय २४ मत प्राप्त गरे । सिटौलाले गोयललाई १ सय ३० मतअन्तरले पराजित गरेका हुन् । महासचिवमा तुलसी विमलीले उनका प्रतिस्पर्धी खिनमाया खतिवडाले ४ सय १६ मत ल्याइ पराजित भइन् । वाणिज्य सचिवमा प्रकाश प्रसार्इंले उनका प्रतिस्पर्धी विश्वविजय खरेल पराजित गरेका छन् ।
उद्योग सचिवमा राजकुमार साह विजयी हुँदा उनका प्रतिस्पर्धी पदम ओली पराजित भइन् । कोषाध्यक्षमा भरत अधिकारी विजयी भए भने उनका प्रतिस्पर्धी अनिता मैनाली पराजित भइन् ।
सदस्यमा माधव पोखरेल, दीपक खतिवडा, सन्तोष प्रसार्इं, भरतकुमार सापकोटा, झलक सिटौला, सञ्जय गजुरेल विजयी भए । महिला सदस्यमा तारामाया राई, भुमा गौतम र शान्ता अधिकारी विजय भए ।
एक हजार ३ सय ७५ मतमध्ये १ हजार २ सय ६१ मत खसेको निर्वाचन अधिकृत प्रकाश चुडालले बताए । निर्वाचनमा कांगे्रस, राप्रपा , संघीय समाजवादी फोरम र विवेकशील साझा पार्टीबीच गठबन्धन भएको थियो । नेकपाका उम्मेद्वार एक्लै निर्वाचनमा उत्रिएका थिए । कनकाई उद्योग वाणिज्य संघको निर्वाचनमा ८८ प्रतिशत मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्