नेपाल फाइनान्सलाई ललितपुर फाइनान्स गाभ्न राष्ट्र बैंकको अनुमति «

नेपाल फाइनान्सलाई ललितपुर फाइनान्स गाभ्न राष्ट्र बैंकको अनुमति

नेपाल फाइनान्सलाई ललितपुर फाइनान्स गाभ्नको लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । दुवै संस्थाको विशेष साधारणसभाले एक्विजेशनमा जाने निर्णय गरेका थिए ।


ललितपुर फाइनान्सलाई गाभेपछि नेपाल फाइनान्सको चुक्ता पुँजी ५० करोड पुग्ने छ । नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा स्थापना भएको नेपाल फाइनान्स समस्याग्रस्त घोषणा भएको थियो । नयाँ लगानीकर्ता प्रवेशपछि नेपाल फाइनान्स सुधारको क्रममा रहेको छ ।
एक्विजेशनपछि नेपाल फाइनान्सको निक्षेप ७५ करोड पुग्ने छ भने कर्जा ७० करोड पुग्ने छ । १२ स्थानमा शाखा हुने छ । मंसिरभित्रमा ८० करोड चुक्ता पुँजी पु¥याउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्