इसेवा मनी ट्रान्सफर र रिया मनी ट्रान्सफरबीच सम्झौता «

इसेवा मनी ट्रान्सफर र रिया मनी ट्रान्सफरबीच सम्झौता

विश्वकै अग्रणी रेमिट्यान्स् सेवा प्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको सञ्जालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजारभन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।
योे सम्झौताले रिया मनी ट्रान्सफरले विश्वभर रेमिट्यान्स्कोे डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पु¥याएको छ र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्वलाई अझ बढी मान्यता दिएको छ । यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तीव्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्स्कोे क्षेत्रमा ठूलो सहयोग पुग्नेछ । रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढी ग्राहकसम्म पहुँच हुनेछ ।
यस सहकार्यले नेपाललाई फिन्टेकमा आधारित रेमिटेन्स सेवाका लागि उदयीमान बजारका रूपमा स्थापित गरेको छ जहाँ, डिजिटल रेमिट्यान्स्ले जटिल भूगोल र ३ करोड जनसंख्यालाई परम्परागत किसिमको रेमिट्यान्स् कारोबारमा भइरहेका चुनौतीहरुको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
युरोनेट वल्र्ड वाइड इंकको सब्सिडायरी कम्पनी रहेको रिया रेमिटेन्स् उद्योगमा विश्वको अग्रणी कम्पनी हो । रिया आफ्ना ग्राहक र उनीहरूको समुदाय प्रति आफ्नो प्रतिवद्धतामा दृढ छ र १ सय ६० देशका ४ लाख ७५ हजार बढी स्थानहरूको सञ्जाल नेटवर्कमार्फत दु्रत, सुरक्षित र किफायति रूपमा रेमिट्यान्स् सेवा पु¥याउँदै आएको छ । कम्पनीले आफ्नो विश्वव्यापी पूर्वाधारमार्फत ग्राहक र साझेदारलाई वित्तीय पहुँच पु¥याउँदै बजारमा नयाँ अवसरहरू खोजेर विश्वभर आर्थिक वृद्धि प्रवद्र्धन गर्ने काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्