मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि खुला «

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि खुला

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बिहीबार (आज) देखि खुला भएको छ । संस्थाले ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले सर्वसाधारणको लागि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।


संस्थाले आईपीओ असार २१ गतेदेखि ढिलोमा असार ३१ गतेसम्म बिक्री गर्ने जनाएको छ । कुल कित्तामध्ये ६ हजार ५८ कित्ता कर्मचारीहरुलाई, १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि छुट्टाएको छ भने बाँकी भएको ३ लाख ६३ हजार ४९२ कित्ता संस्थाले सार्वजनिक निष्कासनमा ल्याउने जनाएको छ ।
आईपीओ खरिदको लागि न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने संस्थाले व्यवस्था गरेको छ ।
रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङको स्मार्ट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर बनेको मनकामना स्मार्ट लघुवित्तको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ । लघुवित्तले जारी पुँजीको ३२.११ प्रतिशत आईपीओ निष्काशन गरेको हो । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्