वैदेशिक रोजगारीबाट फर्केर रेस्टुराँ व्यवसाय सञ्चालन «

वैदेशिक रोजगारीबाट फर्केर रेस्टुराँ व्यवसाय सञ्चालन

काठमाडौं– वैदेशिक रोजगारीबाट फर्केर आएका दुई युवाले ललितपुरको सातदोबाटोमा रेस्टुराँ सञ्चालनमा ल्याएका छन् ।
विदेशमा सिकेको सीपलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यले दुई युवाले किङ फिसर रेस्ट्रो एन्ड बार सुरु गरेका हुन् । पाँच वर्ष दक्षिण कोरियामा काम गरेर फर्केका सुदूरपश्चिमका दुईजना युवाले विदेशमा सिकेको सीप आफ्नै मुलुकमा लगाउने अठोटका साथ रेस्टुराँ व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।
सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला घोडाघोडी नगरपालिका प्रकाश बटाला र अछाम भटाकाटियाका पदम साउदको ४० लाख संयुक्त लगानीमा सो रेस्टुराँ सञ्चालनमा आएको हो । विदेशमा सिकेको सिपलाई परिचालन गरेर नेपालमा केही गर्नुपर्छ भन्ने उदेश्यले रेस्टुराँ सञ्चालन गरिएको सञ्चालक प्रकाश बटालाले जानकारी दिए । रेस्टुराँमा ग्राहकले सस्तो मुल्यमा गुणस्तरीय खानाको परिकार पाइने उनले बताए ।
रेस्टुराँमा ग्राहकले पारिवारिक वातावरण विभिन्न परिकारमा नयाँ स्वाद लिने पाउने छन् । रेष्टोमा नेपाली खानाका साथै इन्डियन, चाइनिज तथा फ्रेच परिकार पनि उपलब्ध हुनेछन् । त्यस्तै विवाह, पार्टी, सेमिनार, गोष्ठी तथा छलफलका लागि पनि पर्याप्त ठाउँ छ । रेस्टुराँमा शुक्रबार तथा शनिबार लाइभ म्युजकिका साथ ग्राहकले राष्ट्रिय कलाकारका साथमा मनोरन्जनसमेत लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्