विद्युतीय कारोबारसम्बन्धी ऐनलाई सहज बनाउँदै लगिने «

विद्युतीय कारोबारसम्बन्धी ऐनलाई सहज बनाउँदै लगिने

काठमाडौं– सरकारले विद्युतीय कारोबारसम्बन्धी ऐनहरूलाई सहज बनाउँदै लगिने जनाएको छ । क्यान महासघंको २५ औं वार्षिक साधारणसभाको अवसरमा शनिबार काठमाडौंमा उद्घाटन कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त कुरा बताएका हुन् । डिजिटल नेपालको लक्ष्य पूरा गर्ने सन्दर्भमा केही अप्ठ्याराहरू सिर्जना हुने गरेको उल्लेख गर्दै उनले विद्युतीय कारोबारसम्बन्धी ऐनहरूलाई सहज बनाउँदै लगिने बताए । अहिले मन्त्रिपरिषद् बैठक कम्प्युटर प्रणालीबाट सञ्चालन गर्ने अवस्थामा आइसकेको भन्दै उहाँले सरकारले डिजिटल नेपालको संकल्प पूरा गरेरै छाड्ने बताए ।
सरकारले ५ वर्षे कार्ययोजनाका साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने त्यसका लागि नीजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने उनले बताए । उनले क्यान महासघंले संचार तथा सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा पु¥याएको योगदानको प्रशंसा पनि गरे ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण सिर्जना गरिदिनुपर्ने बताए । उनले लगानीको वातावरण सिर्जना गर्न सकेमात्रै नेपालको औद्योगिक विकासले फड्को मार्ने भनाइ राखे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले हाल कम्प्युटर मनिटर र मोबाइल फोन आयत गर्दा धेरै समस्या रहेको र त्यसमा सरकारलाई छिटोभन्दा छिटो उचित समाधान गरिदिन आग्रह गरे ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव वीरेन्द्रकुमार मिश्र, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवको पनि उपस्थिति रहेको उक्त कार्यक्रममा क्यान महासंघका अध्यक्ष हेमन्तकुमार चौरसियाले सरकारले सहयोग गरे ७ सय ५३ वटै स्थानीय तहलाई प्रविधिमैत्री बनाउन क्यान महासंघले प्रविधिक सहयोग गर्ने प्रतिवदता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्