तनहुँको पाथर्दीमा होमस्टे सञ्चालनको तयारी «

तनहुँको पाथर्दीमा होमस्टे सञ्चालनको तयारी

तनहुँको भिमाद नगरपालिका–९ स्थित पाथर्दीमा होमस्टे (घरबास) सञ्चालनका लागि स्थानीय जुटेका छन् । होमस्टेमार्फत ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित यहाँका स्थानीय होमस्टे सञ्चालनका लागि जुटेका हुन् । यस ठाउँका १० घरमा फागुनभित्रै होमस्टे सञ्चालन गर्ने लक्ष्य राखिएको स्थानीय शिवकुमार आलेले जानकारी दिए । 
तनहुँको भिमाद नगरपालिका–९ स्थित पाथर्दीमा होमस्टे (घरबास) सञ्चालनका लागि स्थानीय जुटेका छन् । होमस्टेमार्फत ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित यहाँका स्थानीय होमस्टे सञ्चालनका लागि जुटेका हुन् । यस ठाउँका १० घरमा फागुनभित्रै होमस्टे सञ्चालन गर्ने लक्ष्य राखिएको स्थानीय शिवकुमार आलेले जानकारी दिए । होमस्टे सञ्चालनका लागि भिमाद नगरपालिकाले स्थानीयलाई तालिमको आयोजना गरेको छ । आइतबारबाट शुरु भएको होमस्टे व्यवस्थापन तालिम पुस २९ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौंस्थित एपेक्स म्यानेजमेन्ट कन्सल्टेन्सीको सहकार्यमा सुरु भएको तालिममा स्थानीयलाई खानाको परिकार बनाउने तरिका, बोलीचालीका भाषा, संस्कृति, सरसफाई र घर व्यवस्थापनको बारेमा जानकारी दिइने प्रशिक्षक घनश्याम गिरीले जानकारी दिए ।
तालिममा ३० जना स्थानीयको सहभागिता रहेको छ ।यहाँका १० घरका २० कोठामा होमस्टे सञ्चालनको तयारी थालिएको छ । वडाध्यक्ष इमान थापाले पाथर्दीमै रहेको इन्द्र झरनामा क्यानोनिङ र होमस्टे एकैसाथ शुभारम्भ गर्न लागिएको बताए । “होमस्टे सञ्चालनका लागि २० कोठा एट्याच बाथरुम सहितको कोठा तयार हुुँदैछ,” वडाध्यक्ष थापाले भने, “क्यानोनिङ सँगै होमस्टे सुरुवात गर्दैछौं ।”झरनामा व्यावसायिक क्यानोनिङ सञ्चालनका लागि समेत तालिमको आयोजना गर्न लागिएको भन्दै उनले भने, “झरनामा क्यानोनिङका लागि आउने पर्यटकलाई राख्न यस ठाउँमा सुविधा छैन ।
त्यसैकारण पनि यहाँ होमस्टेको आवश्यकता थियो ।” इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण भएपछि वडाले व्यावसायिक रूपमा क्यानोनिङको समेत सुरुवात गर्दैछ । क्यानोनिङ सञ्चालनका लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समेत चासो व्यक्त गर्दै आएका थिए ।भिमाद नगरपालिका–९ ले वडालाई नमुना वडा बनाउनका लागि ‘ड्रिम प्रोजेक्ट अगाडि सारेको छ । कृषिसँग जोडेर पर्यटनको विकास गर्ने उद्देश्यसहित यस ठाउँमा बाख्राको स्रोत केन्द्र समेत स्थापना गरिएको छ । यस ठाउँलाई क्यानोनिङ गन्तव्यको रुपमा विकास गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भएकाले यसको पूर्वाधार निर्माणमा जोड दिइने थापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्