काइँलाको स्वास्थ्यमा उल्लेख्य सुधार «

काइँलाको स्वास्थ्यमा उल्लेख्य सुधार

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, नेपाली साहित्यमा चर्चित आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवम् मुन्धुम दर्शनका आधिकारिक व्याख्याता बैरागी काइँलाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

एक साताअघि मस्तिष्कघात भई ओम अस्पतालको आईसीयूमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको हो । बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद्का सदस्य एवम् साहित्य (पद्य/काव्य) विभाग प्रा.डा.हेमनाथ पौडेलका साथ ओम अस्पताल गई काइँलाको पछिल्लो स्वास्थ्यस्थिति बुझेका प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले काइँलाको शरीरको दायाँ भाग सुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थाबाट काइँलाको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि प्रस्ट निस्कन थालेको आफूले देखेको बताए ।

उनले भने, ‘आईसीयूबाट सामान्य वार्डको डिलक्स बेडमा सारिएका काइँलासँग भलाकुसारीसमेत भयो । उहाँ (काइँला)को मुहारमा उज्यालोपन र खुसी देखियो ।’ यसअघि काइँला आईसीयूमा रहँदा कुलपति गंगाप्रसाद उप्रेती र सदस्य सचिव प्राध्यापक उपाध्यायले अस्पताल पुगी काइँलाकी छोरी नामोती नेम्बाङ, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । काइँलाकी छोरी नामओतीले बुबाको स्वास्थ्यमा क्रमिक रूपमा उल्लेख्य सुधार आइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्