Logo

स्वास्थ्य क्षेत्रमा सहयोगी वन्यो ‘रुपान्तरण’

कोभिड–१९ को महामारी चलिरहेकै समयमा नियन्त्रण र स्वास्थ्य सुरक्षाका लागी दैलेखमा रुपान्तरण परियोजना स्थानीय तहको सहयोगी वनेको छ । उक्त परियोजनाले दैलेखका स्थानीय तहहरुका स्वास्थ्य सस्था तथा स्वास्थ्य क्षेत्रमा स्थानीको सहयोगीको रुपमा काम गरेको हो ।
एभरेष्ट क्लब दैलख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित परियोजनाले १५ देखि २४ वर्ष उमेर समुहका किशोरी तथा विवाहित यूवतीहरुको परिवार नियोजन, प्रजनन्, मातृत्व तथा नवजात शिशुहरुको स्वास्थ्यमा सुधार परिवर्तन ल्याएको छ । आठबीस र चामुण्डा बिन्द्रासैनी नगरपालिकामा पहिलो र दोस्रो बर्ष गरी कुल १ सय ६२ वटा किशोरी तथा विवाहित यूवतीहरुको समुह गठन गरेको थियो । ३ हजार ३ सय २९ जना समुह सदस्य रहेको, सामुदायिक घरभेटमा ३ हजार २ सय ७६ जना, सामुदायिक संवाद कार्यक्रममा १ हजार ४ सय ६२ जना, सामाजिक कार्यक्रममा १ हजार १ सय ६० जना, स्वास्थ्य संस्था भम्रणमा २ हजार ६ सय ६० जना परियोजनाबाट लाभाम्वित समेत भएका छन् ।
कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले ४५ जना महिला स्वास्थ्य स्वंयमसेविकालाई परिचालन गरी १ हजार ३ सय १४ जनालाई सेवा प्रदान गरिएको परियोजना संयोजक अस्मीता शाहीले वताइन् । नेपाली यूवाका लागी स्वास्थ्य रुपान्तरण परियोजनाले जिल्ला स्वास्थ्य कार्यालय, आठबीस नगरपालिको ६ वटै स्वास्थ्य चौकिमा र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको ३ वटै स्वास्थ्य चौकिमा कोरोना विरुद्व लड्नको लागी विभिन्न प्रकारका पिपिई सेट, ग्लोव्स, मास्क, सेनिटाईजर, ह्याण्ड वासिङ कर्नर, आईआर थर्माेमिटर, क्वारेन्टिन प्याकेज, पल्स अक्सोमिटर लगाएतका सामाग्रीहरु सहयोग गरेको थियो ।
त्यस्तै आठबीस र चामुण्डा बिन्द्रासैनी नगरपालिका अन्र्तगतका स्वास्थ्य चौकिमा रहेका बर्थिङ्ग सेन्टरले प्रदान गर्ने सेवाको गुणस्तर बढाउने उद्देश्यले आठबीस नगरपालिकाका ६ वटै स्वास्थ्य चौकिमा र चामुण्डा बिन्द्रासैनी नगरपालिकाका ३ वटै स्वास्थ्य चौकिमा स्टेचर, डेलिभरी वेड, डेलिभरी सेट लगाएतका सामाग्रीहरु परियोजनाले सहयोग गरेको थियो । आठबीस नगरपालिकाको राकम स्वास्थ्य चौकिमा र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको ३ वटै स्वास्थ्य चौकिमा पनि सहयोग गरेको थियो ।
यस्तै किशोर–किशोरीमैत्री सेवाको आवश्यकता र गुणस्तरिय सेवा सुचारुलाई मध्यनजर राख्दै परियोजनाले आठबीस नगरपालिकाको राकम स्वास्थ्य चौकिमा र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको चामुण्डा स्वास्थ्य चौकिमा छुट्टै १ कोठे भबन पनि निर्माण गरेको छ । स्वास्थ्य संस्थाको संस्थागत विकास र कार्यालय व्यवस्थापनका लागी विभिन्न भौतिक तथा प्राविधिक उपकरण सहयोग गरेको परियोजनाका संयोजक शाहीले वताईन् ।
परियोजनाले समुदायमा रहेका परम्परागत गलत धारणाहरु परिवर्तन गरी परिवार नियोजन, प्रजनन् स्वास्थ्य, मातृ स्वास्थ्यमा सुधार ल्याउन प्रभाबकारी भुमिका निर्वाह गरेको जनाईएको छ । बालविवाह न्युनिकरण, लैगिंक समानता, विभेद जस्ता कुरामा समुदायका नागरिकलाई सचेत गराउन समेत परियोजनाले महत्वपुर्ण भुमिका खेलेको कार्यक्रमका सहभागीहरुले बताए । कार्यक्रममा राकम स्वास्थ्य चौकि र चामुण्डा स्वास्थ्य चौकीमा रहेको किशोर–किशोरीमैत्री कक्षलाई प्रमाणिकरणको लागि छिट्टै नै प्रक्रिया अघि बढाउने, परियोजनाले गरेका राम्रा क्रियाकलापलाई निरन्तरता दिने जस्ता निर्णय भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्