स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा «

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहअन्र्तगतको एक लाख ९० हजार ६५० कित्ता सेयर बिक्री खुल्ला गरेको जनाएको छ ।
संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलबाट न्यूनतम एक हजार कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ ।
विद्यमान संस्थापकलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएकाले संस्थापक सेयरधनीलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको जानकारी गराउँदै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक संस्थापक वा जो कोही, कम्पनी, संघ–संस्थाले असार २७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्