कामना सेवा विकास बैंकका दुई शाखा उद्घाटन «

कामना सेवा विकास बैंकका दुई शाखा उद्घाटन

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भूमा र भक्तपुर नगरपालिका वडा नं. ७ स्थित जगातीमा नयाँ शाखाको सुरुवात गरेको छ ।
कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका अध्यक्ष सुदिप आचार्यले शाखाहरुको समुद्घाटन गरेका हुन् ।
शाखा उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृतलगायत अन्य कर्मचारी उपस्थित थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा जानकारी गराका थिए ।
अब बैंकले १२७ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्