नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’ को सुरूवात

नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल कार्यक्रममार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पँहुच प्रदान गर्दै देशका सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो ।
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग पंक्तिवद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालका लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने जनाएको छ ।
नबिल दिगो बैंकिङ, बैंकिङ क्षेत्रमा एउटा नयाँ अनुशासन हो र यसले बोटबिरुवा र मानिसहरूमा पारेको प्रभावले गर्दा यसको महत्व दिनहँु बढ्दैछ । नबिल बैंक, नेपालकै एक अग्रणी बैंकले सुदृढ नेपालका लागि दिगोपन र स्थायित्वको अवधारणलाई आफ्नो रणनीतिगत दिशामा अपनाएको दावी गरेको छ ।
ग्रामीण नेपाल र वित्तीय पहँुच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको जनाएको छ । यी उत्पादनले देशव्यापी रुपमा सबै शाखाहरूमा ल्याइता पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहने बताइएको छ ।
आफ्ना दिगो प्राथमिकतातर्फ कार्य गर्दै, बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिईभिटी) का साथ समझौतापत्रमा पनि हस्ताक्षर गरेको छ । बैंकले यस समझौतामार्फत देशभरिका सिटिईभिटीपास गरेका र योसँग सम्बद्ध व्यक्तिलाई आफ्नो दिगो तथा अन्य लघूवित्त, वञ्चित क्षेत्रका उत्पादनहरू प्रदान गर्नुपर्नेछ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सिटिईभिटीका सदस्य सचिव जीवनारायण काप्mलेले हस्ताक्षर गरे ।