हवाई यात्रुलाई होटल क्वारेन्टिन ७ दिन «

हवाई यात्रुलाई होटल क्वारेन्टिन ७ दिन


सरकारले कोरोनाको खोपको मात्र लगाएका हवाई यात्रुले विमानस्थलबाट होम क्वारेन्टिनमा बस्न पाउने निर्णय गरेको छ ।
विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापन सम्बन्धी आदेश–२०७८ ले कोरोनाको खोप लगाएका र ७२ घण्टा अगाडिको पीसीआर नेगेटिभ (वारकोट सहितको फोटो) रिपोर्ट भएका हवाई यात्रुले १० दिन होम क्वारेन्टिनमा बस्न पाउने भएका हुन् ।


“कोरोनाको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट आउने यात्रुहरुलाई १० दिन स्व–क्वारेन्टिनमा बस्ने गरी सिधै गन्तव्यस्थल जान अनुमति दिन सकिने छ ।” विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापन सम्बन्धी आदेश–२०७८ मा भनिएको छ, “निजहरुले भरेको फारम उल्लिखित विवरण सम्बन्धित डीसीसीएमसी र स्थानिय तहमा पठाउनु पर्नेछ । सम्बन्धित डीसीसीएमसी र स्थानिय तहले क्वारेन्टिनमा बसे नबसेको अनुगमन गरी सीसीएमसीलाई प्रतिवेदन बुझाउनु पर्नेछ ।”


यसअघि सरकारले खोप लागाएका भएपनि १० दिन होटल क्वान्टिन बस्ने पर्ने नियम रहेको थियो । नयाँ मापदण्ड अनुसार खोप नलगाए ७ दिन होटल क्वारेन्टिन बस्नु पर्ने छ । होटल क्वारेन्टिनमा बसेको ७ औं दिनमा कोभिड परीक्षण गरी नेगेटिभ आएमा घर जान पाउने छन् । वैदेशिक रोजगारमा गएकाहरुको हकमा नेपाल आउनेले पनि होटल बुकिङन नभएपनि हवाई यात्र गर्न पाउने छन् भने अवतरण गरेपछि सरकारले सुचिकृत गरेको होटलमा बस्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्