Logo

बागलुङमा २० प्रतिशत रोपाइँ


मध्य असार सम्ममा बागलुङमा करिव ४० प्रतिशत रोपाइँ सकिएको छ । जिल्ला कृषि विकास कार्यालय बागलुङका अनुसार जिल्लाको धानखेती हुने ६ हजार एक सय हेक्टर खेतमध्ये हालसम्म २० प्रतिशत अर्थात १ हजार २ सय हेक्टरमा रोपाइँ सकिएको छ ।


मध्य पहाडि क्षेत्रमा पर्ने बागलुङको अधिकांश क्षेत्रमा आकासे पानीको भर पर्नुपर्ने बाध्यता छ । यस वर्ष समयमै मनसुन सक्रिय भएको कारण किसानहरुले असार महिना सुरु भएसँगै रोपाइँ गर्न पाएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए । “जिल्लाका सीमित क्षेत्रबाहेक अन्यत्र सिँचाइको व्यवस्था छैन” प्रमुख भट्टराईले भने, “समयमै वर्षात भएका कारण रोपाइँ छिटो भएको छ ।” जिल्लाको पश्चिम गलकोट, रेशा, सिगाना, जैदी, छिस्ती लगायतका सीमित क्षेत्रमाबाहेक अन्य सिँचाइको व्यवस्था छैन ।

खेती गर्ने समयमा किसानले आकास हेरेर बस्नुपर्ने अवस्था छ । “मयमै वर्षात भएका कारण उच्च पहाडी भोगहरुमा रोपाइँ सकिएको छ” भट्टराईले भने, “मध्य पहाडी फाँटहरुमा रोपाइँ भएको छैन ।” तीन बाली उत्पादन हुने क्षेत्रमा मकै पाक्न बाँकी रहका कारण रोपाइँ केही ढिला हुने गरेको छ । साउनको पहिलो साताको अन्त्यसम्म जिल्लाको सम्पूर्ण क्षेत्रमा रोपाइँ सकिने छ ।
उपयुक्त मैसम, उन्नत बिउको प्रयोग लगायतका कारण यस वर्ष जिल्लामा धान उत्पादन बढ्ने अनुमान कार्यालयले गरेको छ । यस वर्ष जिल्लाभरमा करिव १९ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको अधिकृत भट्टराईले बताए । “गत वर्षको तुलनामा यस वर्ष जिल्लामारमा करिव १० देखि १५ प्रतिशत धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ” भट्टराईले भने, “यस वर्ष किसानको खेत बाँझो हुने सम्भावना कम छ, जसले समष्टीगत उत्पादन बढाउन सहयोग गर्नेछ ।”


जिल्लामा विशेष गरी स्थानीय जातसँगै खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवालगायतका धान खेती हुँदै आएको छ । वर्ष दुई हजार छ सय हेक्टरमा उन्नत र तीन हजार चार सय हेक्टरमा स्थानीय जातको धान खेती हँुदै आएको ज्ञान केन्द्रले जनाएको छ ।
बागलुङका अधिकांश मानिसहरु कृषि पेशामा आवद्ध छन् । परम्परागत रुपमा हुने धान खेती लगाउन जनशक्ति अभावका कारण मुस्किल हुने गरेकोमा यस वर्ष भने कोरना भारसरको महामारीका कारण गाउ फर्किका युवाहरु खेतीमा व्यस्त देखिन्छन् ।

जिल्लाबाट ठूलो संख्यामा युवा जनशक्ति वैदेशिक रोजगारीका लागि विदेसिने गरेकाले गाउँमा खेती गर्ने मानिस पाउन मुस्किल हुने गरेको थियो ।
प्रविधिको अभाव, कम उब्जनी तथा श्रम अनुसारको मूल्य नपाउँदा धैरै कृषकको खेतीप्रति वितृष्णा पैदा हुन थालेको बागलुङका अगुवा कृषक गंगा पुनले बताए । जिल्लामा वैदेशिक रोजगारीका साथै शहरमा झर्ने क्रम पनि बढेको छ । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भएपनि सोही अनुसारका कृषकसम्म योजनाहरु पुग्न नसकेको कारण समस्या हुने गरेको पुनले बताए ।

त्रिलोच रिजाल

प्रतिक्रिया दिनुहोस्