बाढीपीडितका लागि प्रेसरकुकर सहयोग «

बाढीपीडितका लागि प्रेसरकुकर सहयोग

ललितपुर जिल्लाका रोटरी क्लबहरूको सञ्जालले सिन्धुपाल्चोकका बाढीपीडितहरूको लागि २७५ थान प्रेसरकुकर सहयोग गरेको छ । ललितपुर जिल्लामा अवस्थित रहेको १७ वटा रोटरी क्लबहरूको सञ्जालले मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् २७५ थान प्रेसरकुकर सहयोग गरेको हो ।
बाढीपीडितलाई प्रेसकुकरको आवश्यकता रहेको भन्ने सूचनाका आधारमा आफुहरूले प्रेसरकुकर सहयोग गरेको रोटरीक्लव सञ्जालका संयोजक सुरेश आचार्यले बताए । आफूहरूले राज्यको निकायलाई सहयोग हस्तान्तरण गरेर विपतीमा एकद्धार प्रणालीमार्फत राहत तथा सहयोग वितरण गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको पनि उनले बताए ।
सहयोग बुझ्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले राहत वितरणमा एकद्धार प्रणालीमा कसरी जान सकिन्छ भन्ने उदाहरण यो सञ्जाल बनेको बताउनुभयो । उनले छिटोभन्दा छिटो बाढी पीडितका लागि आएको प्रेसरकुकर प्रभावितको हातमा पु¥याउने बताए ।
असार १ गते सिन्धुपाल्चोकमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा निकै ठुलो धनजनको क्षति भएको थियो । बाढी प्रभावितहरूका लागि अझै पनि विभिन्न निकायहरू मार्फत् राहत वितरण भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्