समाजसेवीले दिए मृत्यू अगाडि गरिब बालकलाई १ करोड १० लाख डलरको दान «

समाजसेवीले दिए मृत्यू अगाडि गरिब बालकलाई १ करोड १० लाख डलरको दान

वासिङटन-सियाटल निवासी ६३ वर्षिय सामाजिक कार्यकर्ता एलन नाइम्यानले मर्नु भन्दा अगाडि गरिब बच्चालाई १ करोड १० लाख डलर यानेकि १ अर्ब २० करोड हाराहारीको रुपैयाँ दिएका छन् । उनले दिएको यो दान उनका नजिकका साथीलाई समेत थाहा थिएन । यसै वर्षको जनवरीमा क्यान्सरका कारण एलनको मृत्यू भएको थियो । उनले दान गरेको कुरा हालै मात्र उनका अत्तराधिकारीबाट थाहा हुन आएको हो ।
“यो कुराको जानकारी भएपछि सबै आश्चर्य चकित भएका छन्,” वासिङटनमा चिल्ड्रेन सर्भिसमा एलनसँग काम गरिसकेका चुर्कि म्यारी मोनाहनले बताइन् । यति धेरै रकम उने कसरी दान गरे भन्ने विषयमा सबै चकित भएका छन् । क्यान्सरको विषयमा जानकारी प्राप्त हुने वित्तिकै उनले मर्नु अगाडि सबै सम्पत्ति दान गरिदिने बताएका थिए ।
उनले समाजिक सेवामा कैयौ यस्ता बच्चासँग काम गरेका थिए, जो आर्थिक रुपमा कमजोर र शारीरिक रुपमा पनि कमजोर भएको बताइन् । विश्वमा यस्ता धेरै मानिस भएको जसलाई धेरै दिन आवश्यक भएको जस्तो उनलाई लाग्ने गरेको उनले बताइन् । एलनले बच्चासँग काम गर्नका ३० वर्ष पहिले आफ्नो बैंकिङ करियर पनि छोडेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्