फोन–पेको ‘रिफर एण्ड अर्न’ अफर «

फोन–पेको ‘रिफर एण्ड अर्न’ अफर

फोन–पेले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । अफरअन्तर्गत ‘फोन–पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सयसम्मको रिवार्ड पोइन्ट जित्न सकिने कम्पनीले जनाएको छ ।
दैनिक सबैभन्दा बढी रिफर गर्नेले एक हजार रूपैयाँ प्राप्त गर्न सक्ने बताइएको छ । यस्तै, योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्ने प्रयोगकर्ताले १० हजार रुपैयाँ पाउने फोन–पेले जनाएको छ ।
यो योजनाको बम्पर उपहारमा तीन जनाभन्दा बढीलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत एक लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ ।
अफर एपबाट रिफर गर्नका लागि ‘फोन–पे अफर एप’ डाउनलोड गर्नुपर्ने कम्पनीले जनाएको छ । एप डाउनलोड गरी लगइन गर्नेमध्येबाट एक जनाले आइफोन १२ जित्न सक्ने फोन–पेले जनाएको छ । फोन–पे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरी विभिन्न प्रकारका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।
फोन–पे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध भइसकेका छन् । ३ लाख ५० हजारभन्दा बढी मर्चेन्ट फोन–पेसँग छ । फोन–पेसँग एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाखभन्दा बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत सेवा दिँदै आएको छ । फोन–पे प्रतिष्ठित डेटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डेटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भी ३.२.१ बाट प्रमाणीकरण प्राप्त संस्था हो ।

प्रतिक्रिया दिनुहोस्