माछापुच्छ्रे बैंकको ‘स्मार्ट माया’ सार्वजनिक «

माछापुच्छ्रे बैंकको ‘स्मार्ट माया’ सार्वजनिक

माछापुच्छ्रे बैंकले वेभसिरिज ‘स्मार्ट माया’ तयार गरेको छ । क्रेडिटबारे जानकारी गराउने उद्देश्यले जनचेतनामुलक भिडियो सामाग्री तयार गरिएको हो ।
डिजिटल बैंकिङ सेवाबारे जानकारी गराउन पहिलो पटक सिरिज तयार गरिएको बैंकले जनाएको छ । पहिलो सिजनमा पाँचवटा श्रंखला रहेको सिरिजको पहिलो र दोस्रो भाग यसअघि नै रिलिज भइसकेको छ ।
रिलिज भएको २४ घण्टा भित्रै एक लाखभन्दा बढी दर्शकले उक्त भिडियो हेरिसकेका छन् । बाँकी भागहरु पनि चाँडै रिलिज गर्ने तयारीमा रहेको बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्