Logo

खोप उपलब्ध गराउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।
सरकारले अटोमोवाइल वर्कशप, सोरुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुला हुनेगरी निर्देशिका जारी गरिसकेको छ । ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्नभई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने नाडाले जनाएको छ ।
यो विषम परिस्थितिमा अटोमोवाइल वर्कशप, सोरुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोरोनाविरुद्धको खोप चाँडै उपलब्ध गराइदिने व्यवस्थाका लागि नाडाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्